|
फाइल फोटो

लहान : सिरहाको पूर्वी क्षेत्रमा पर्ने लहान नगरपालिका– १५ अमही मोहनपुर गाउँमा जङ्गली हात्तीको समूहले चारवटा घर भत्काएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

जङ्गली हात्ती गाउँ पसेर घर भत्काउनुका साथै अन्नपात खाएर बित्तण्डा मच्चाउन थालेको छ। हात्ती आतङकका कारण रातभर सुत्न नपाएको मोहनपुरका स्थानीय दिनेश यादवले जानकारी दिए।

गाउँबाट उत्तरपूर्वी जङ्गलबाट आएका चारवटा वयस्क हात्तीले बुधबार मध्यरातमा स्थानीय मोहन यादव, बमभोल यादव, शिव यादव र श्याम यादवको चारवटा कच्ची घर भत्काएका छन्। हात्तीको आक्रमणमा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
घर भत्काएपछि हात्तीको समूह गाउँदेखि जंगल पसेको स्थानीयले जानकारी दिए। जङ्गली हात्तीको आक्रमणबाट जोगिन स्थानीय बासिन्दाहरु रातभर पालो गरेर जाग्राम बस्ने गरेका छन्।

सिरहाको उत्तरी क्षेत्रमा हिउँदपछि बर्सेनि जंगली हात्तीले दुःख दिने गरेको छ। हात्तीको आक्रमणमा परेर यसअघि तीन जनाले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.