|

सुर्खेत : भान्सा छोएको भन्दै सुर्खेतमा एक दलित बालक निर्घात रुपमा कुटिएका छन्। आफ्नो घरभित्र पसेर भान्सा छोएको भन्दै सुर्खेत पश्चिममा रहेको कुनाथरी गाविसका भीमबहादुर शुक्रबार छिमेकीबाट कुटिएका हुन्। ९ वर्षीय बालक भीमबहादुर बिकलाई छिमेकी भरतबहादुर शाही र उनकी आमा बाटु शाहीले मरणासन्न हुने गरी कुटेको भीमबहादुरका आफन्तले बताएका छन्।

भरत बहादुर शाहीका भाइ चक्रबहादुर शाहीले काम छ भन्दै आफ्नो घरमा बोलाएको र बालक भित्र गएपछि भित्र पसेको भन्दै बालकलाई कुटपिट गरेको आफन्तको भनाइ छ। आफू बाख्रा गोठाला गएको समयमा छोरालाई कुटिएको भन्दै बालककी आमा जयसरा बिकले दुखेसो गरिन्।  अहिले उनी न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय सुर्खेत आइपुगेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.