|

रुकुम : आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि रुकुमबाट म्यादी प्रहरीमा निवेदन दिनेहरूको संख्या १८ सय बढी रहेको छ। रुकुम खलंगास्थित जिल्ला प्रहरी कार्यालय रुकुममा आवेदन फारम बुझाउनेहरुको अत्यधिक भीडभाड भएको थियो।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजाँलीका अनुसार रुकुमबाट १८ सय ५६ जनाले म्यादी प्रहरीका लागि निवेदन दिएका छन्। जसमा ३ सय १० जना महिला रहेका छन्। म्यादीको फारम भर्नेहरुमा अधिकांश युवा रहेका छन्।

पूर्वप्रहरी, पूर्वम्यादी र विदेशका विभिन्न कम्पनीहरुमा सुरक्षा गार्डका रुपमा काम गरेकाहरुसँगै शैक्षिकस्तरका हिसाबले स्नाकोत्तरसम्म अध्ययन गरेका युवाले पनि म्यादीका लागि निवेदन दिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.