|

कपिलवस्तु : कपिलवस्तु सदरमुकाम तौलिहवाको एक होटलमा अन्दाजी २४/२५ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन्। तौलिहवास्थित काजु होटलको एक कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा शुक्रबार शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृतकको पहिचान खुलिसकेको छ। उनी बाणगंगा नगरपालिकास्थित तल्लो बनगाइका बिक्की भनिने विजय खनाल रहेको प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले बताए।

शव जिल्ला अस्पतालमा राखिएको छ। अनुसन्धान र शवको परीक्षणपछि मात्र थप जानकारी हुने अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.