|

कालीकोट : जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका छन्।  बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन्। 
प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन्। बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.