|

अस्पतालबाट दाजुले खबर गरेका छन्, बा निकै सिरियस हुनुहुन्छ, तुरुन्त आउनू। अहो, त्यो कस्तो कहालीलाग्दो र मुटुको चालै रोकिएलाजस्तो खबर थियो! 

तीन घण्टाअघि मात्र म अस्पतालबाट फर्केको थिएँ। बालाई अल्सर भएको थियो। उहाँको रगत ओ निगेटिभ भएकाले हाहाकार मच्चियो। संयोगले मेरो पनि ओ निगेटिभ थियो। मैले उहाँलाई रगत दिएँ। केही क्षणमै उहाँ तङ्ग्रिनुभएको थियो र मप्रति कृतज्ञ हुनुभएको थियो। जिन्दगीमा पहिलोपल्ट बाका लागि केही गर्न पाएकामा म गर्ववान्वित थिएँ। पातलो शरीर, तेजिला आँखा भएकी रानी मुखर्जी जस्ती हँसिली डाक्टरले भनिदिएकी थिई, तपाईँकै छोराको रगतले तपार्इँलाई बचायो। बाले हातको इसाराले मलाई बोलाउनुभयो। कृतज्ञताले उहाँका आँखा फेवाताल जस्तै टलपल भएर छचल्किने तर्खर गरिरहेका थिए। 

‘बा निकै सिरियस हुनुहुन्छ, ...’ तीन घण्टापछि मोबाइलमा आएको खबरमा यसभन्दा बढी मैले दाजुको कुनै शब्द सुनिनँ। भँवरा भुनभुन गरेजस्तो मात्र लागिरहेको थियो। 

कलेजको जाँच चलिरहेको असारको मध्यमा त्यस दिनभरि मैले खेतमा आली लगाउनुपरेको थियो। झमक्क रात परेपछि निकै थकित भएर, भोकाएर र निथ्रुक्क रुझेर फर्केको थिएँ। भाउजुको पछि लागेर दाजु सहरबाट भर्खरै फर्केका थिए र बालाई अस्पताल लाने तर्खर गरिरहेका थिए। बा दिउँसोसम्म सामान्य बिरामी हुनुहुन्थ्यो। अहिले बोल्नै नसक्ने हुनुभएको थियो। देख्नेबित्तिकै दाजुले झम्टिहाले, मानौँ, मेरै कारण बाको यो हालत भएको थियो। बा हातले इसारा गर्दै गाली नगर्नू भनिरहनुभएको थियो। दाजुले बालाई पनि हकारे, ‘चुप लाग्नुस् बा, अब यो बालख छैन। तपाईँले पुल्पुल्याएरै यल्ले टाउकामा टेक्न थालेको!’ 

बालाई निको भयो भने म अवश्य यसलाई प्रपोज गर्छु, विल यु म्यारी मी डाक्टर रानी? यसको मायाको वाइपरले पक्कै मेरो जिन्दगीको उदासी पुछिनेछ। तर, यसले ‘तिमी त मेरो खुट्टामा पनि राख्न सुहाउन्नौ’ भनिदिई भने मैले के गर्ने? 

म अवाक् थिएँ र भित्रभित्रै मर्माहत थिएँ। त्यसमाथि भोक र थकाइ मिलेर मलाई पाता कसिरहेका थिए। स्ट्रेचरमा डेढ घण्टा बोकेर बजार पुर्‍याएपछि ट्याक्सीमा राखेर बालाई अस्पताल लगियो। बाकै आग्रहमा त्यति राती म घर फर्केको थिएँ। घर पुग्दा म कति भोकाएको थिएँ भने ढुङ्गासमेत चपाऊँ जस्तो भएको थियो। तर, मेरा लागि खाना कहाँ बनेको थियो त? अभाव मेरा लागि कतिसम्म थियो भने घरमा चाउचाउ, दालमोठ वा चिउरा केही हुँदैनथ्यो। म दुई करुवा पानी खाएर सुतेँ। ओछ्यानमा पल्टिनेबित्तिकै थकाइले महाप्रस्थानमा पुगेजस्तै निदाएको थिएँ। 

रातको पौने एक बजेको थियो। बाको अवस्था कल्पना गर्दा मेरो मुटु फुट्ला जस्तो भयो। टर्च र छाता बोक्ने होससमेत भएन। फेरि मसँग टर्च कहिल्यै थिएन। यति राती कसलाई उठाएर मागूँ? चिसो बतास र पानी एकनास बर्सिरहेको थियो। संसारमै मेरा आत्मीय साथी कोही थिएनन्। अतः म रुँदै अँध्यारामा लड्दैपड्दै एक्लै दौडन थालेँ। 

म एकै क्षणमा निथ्रुक्क रुझिसकेको थिएँ। नीलकाँडाघारीको बाटो हिँडिनसक्नु हिलाम्मे थियो। दिउँसै यहाँ चोर–डाका लाग्थे। राती बाघको डर हुन्थ्यो। म एकोहोरो दौडिन थालेँ। कति ठाउँमा लडेँ, कति ठाउँमा पछारिएँ र कति ठाउँमा चिप्लिएँ, मलाई होसै भएन। म केवल बालाई भेट्न हतारिएर दौडिरहेको थिएँ। 

खेतहरू जलाम्मे भइसकेका थिए। अँध्यारोमा जताततै पानी टल्केको देखिन्थ्यो। खेतमा पानीको सतह निरन्तर बढिरहेको थियो। यस्तो लाग्थ्यो, संसारमा पानीबाहेक कुनै कुराको अस्तित्व छैन। अस्पताल पुग्न अझै दुई घण्टा दौडनुपर्थ्यो।

म कसरी तुरुन्त अस्पताल पुगूँ? हरे, कथामा भनिएजस्तै कुनै देवदूतले विमानमा राखेर मलाई अस्पताल पुर्‍याइदिए कस्तो हुन्थ्यो! म पहिला हिटर ताप्थेँ। बिस्तारै मेरो जिउ तङ्ग्रिँदै आउँथ्यो। त्यसपछि आत्मविश्वाससाथ रानी मुखर्जीको क्यामोफ्लेजमा रहेकी तरुनी डाक्टरलाई भन्थेँ, ‘अब मेरो शरीरबाट जति रगत झिके पनि हुन्छ। बालाई बचाउन म मेरा मिर्गाैला र हुनसक्छ भने मुटु, उमेर र जीवनै दिन पनि तयार छु। जे सम्भव छ, त्यही गर्नुस् डाक्टर रानी!’ 

‘डाक्टर रानी’ कति मायालु आँखाले मलाई हेर्छे! साँच्चै, यो मप्रति कति उदार र आत्मीय छे! पक्कै, ऊ पनि मेरो हृदयको सुख्खा पानामा प्रेमको रस भरिदिन चाहन्छे। यो उदारता र आत्मीय व्यवहार ‘ग्रिन सिग्नल’ नभए के हो त? बालाई निको भयो भने म अवश्य यसलाई प्रपोज गर्छु, विल यु म्यारी मी डाक्टर रानी? यसको मायाको वाइपरले पक्कै मेरो जिन्दगीको उदासी पुछिनेछ। तर, यसले ‘तिमी त मेरो खुट्टामा पनि राख्न सुहाउन्नौ’ भनिदिई भने मैले के गर्ने? 

नर्सरीबाट बगैँचामा सुन्तलाको बोट सारेजस्तै ऊ मेरो तल्लो कोखाबाट एउटा मिर्गौला झिक्छे र बाको कोखामा सारिदिन्छे। बा छिनमै तङ्ग्रिनुहुन्छ र मायालु स्वरमा भन्नुहुन्छ, ‘कान्छा, नाताले छोरा भए पनि तँ मेरो जीवनदाता होस्, तँलाई धेरैधेरै धन्यवाद छ बाबू।’ म गर्वसाथ भन्छु, ‘बा, तपाईँका लागि म आफ्नो मिर्गौला, मुटु र हुन्छ भने जीवनै दिन पनि तयार छु।’ 

झसङ्ग हुन्छु। अहो, कस्तो कस्तो चित्र मेरो घुमिरहन्छ! हरे, म कसरी बालाई बचाऊँ?

मेरा पाइला टक्क अडिए। डरले मुटुको चालै रोकिएला जस्तो भयो। छिनभरमै एउटा भयङ्कर साँढे फुँफुँ गर्दै सामुन्ने आइपुगेको थियो। आत्तिँदै म नीलकाँडाघारीतिर पन्छिएँ।नीलकाँडाघारीबीचको गोरेटो साँघुरो र निकै डरलाग्दो थियो। गोरेटो कतै घुँडासम्म डुब्ने गरी खाल्डो परेको थियो। कतै माछाको ढाड जस्तै चिप्लो न चिप्लो थियो। म डुब्दै, पछारिँदै दौडिरहेँ। एक्कासि कुनै जनावर फुङ्कार छाड्दै मतिरै आइरहेको थियो। शरीरभरि च्वास्स पोल्ने काँडा बिझ्यो र गोरेटो तल धानबारीमा उँधो मुन्टो लगाएर पछारिएँ। मुखभरि हिलो पोतियो। माथि गोरेटोमा साँढे फुँफुँ गरिरहेको थियो। मलाई लाग्यो, त्यो मलाई लखेट्दै फाल हाल्न खोज्दै छ। अत्यासमा मैले लगातार पाँच–सात कान्ला फाल हालेँ।

खेतका समाहबाट अनियन्त्रित पानी बगिरहेको थियो। मेरो श्वास–प्रश्वास अनियन्त्रित भइरहेको थियो। डराउँदै मैले माथितिर हेरेँ। साँढे सुसाउँदै बाटैबाटो माथितिर गइसकेको थियो। थाहै नपाई मेरो गलाबाट सुँक्कसुँक्क रुवाइ निस्किरहेको थियो।

तिनीहरू लामा–लामा खुँडा देखाइरहेका थिए र हामीलाई एक–एक गरेर गिँडिदिने चेतावनी दिएका थिए। अन्ततः तिनीहरूलाई हामीले लखेटेका थियौँ। त्यो बेला पिठ्यूँमा लागेको तरबारको चोट अझै पनि झरी–बादलमा बल्झिरहन्छ। त्यो सम्झेर कसोकसो मेरो गलाबाट हिक्का छुट्न थाल्यो।

मैले आफूलाई बलपूर्वक सम्हालेँ र समाहमा मुखको हिलो पखालेँ। म कान्ला उक्लन थालेँ। भर्खर रोपाइँ गरिएको धानखेतमा खुट्टा बेस्सरी गाडिन्थ्यो। दिनभरि खेतमा गरेको अत्यधिक श्रम, अघिल्लो बिहानदेखिको भोक र अत्यधिक हिँडाइले म निकै कमजोर भइसकेको थिएँ। बल्लतल्ल गोरेटोमा उक्लिएँ र फेरि दौडन थालेँ। म ठाउँठाउँमा बेस्सरी पछारिन्थेँ। जुरुक्क उठेर फेरि दौडन्थेँ। मेरा आँखा वरिपरि केवल बाको अनुहार घुमिरहेको थियो र सबै कुरा बिर्सेर म झन्झन् जोडले दौडन थालेँ।

अब म बजार पुग्ने खोलानिर आइपुगेको थिएँ। बाढी कति ठूलो थियो भने तरेर जानु असम्भव जस्तै थियो। खोलामा कल्भर्ट थियो। कल्भर्टको स्ल््या्बभन्दा निकै माथिसम्म पानी बगिरहेको थियो। फर्केर जानु सम्भव थिएन। अर्को बाटोबाट खोलापारि पुग्न दस किलोमिटरभन्दा बढी हिँड्नुपर्थ्यो। हरे, कति धेरै विपत्तिहरू मेरा बाटामा तेर्सिएका थिए! के गरूँ? म बिलखबन्द परेँ।

मैले बिस्तारै पानीमा खुट्टा डुबाएँ। पानी निकै चिसो थियो। बाढीको गति शान्त र मन्द थियो। यस्तै हो भने अवश्य तर्नसक्छु। मैले बिस्तारै दुवै खुट्टा पानीमा डुबाएँ। कल्भर्टको स्ल्याब भेटियो। पानी कम्मरसम्म आएको थियो। म दह्रो पाइला चाल्दै अघि बढेँ। माझतिर पुग्दा पानीको सतह बढ्दै मेरो छातीसम्म आइपुग्यो। डरले मुटु ढक्क फुल्यो। म स्ल्याबको माझबाट उता छेउतिर लाग्दै थिएँ, बाढीले हुत्याएर ल्याएको एउटा ढुङ्गा मेरो घुँडामा बेस्सरी ठोक्कियो। ‘मरँे नि आमा’ मेरो मुखबाट यही निस्कियो। मेरो खुट्टाले जमिन छाड्यो। बाढीले हुत्याएर मलाई कल्भर्टभन्दा तल पुर्‍यायो। 

एउटा बाँस झोल्लिएको थियो। हत्तपत्त मैले त्यसलाई समाएँ। बाँस पनि मसँगै बग्न थाल्यो। बीस हातजति तल खोलाको मोडमा अड्कियो। म घुप्लुक्क डुबेँ र उत्रिएँ। मेरो नाक र मुखबाट पानी पसेको थियो। तथापि, हार नमानी मैले बाँसलाई बेस्सरी समाएको थिएँ। बाढी निरन्तर मलाई हुत्याउन कोसिस गरिरहेको थियो। 

झण्डै दस मिनेटको सङ्घर्षपछि म खोलापारि पुगँे। मेरो पेट बेस्सरी फुलेको थियो। टाउको सहनै नसक्ने गरी दुःखिरहेको थियो। नाक पोलिरहेको थियो, झमझम रिँगटा लागिरहेको थियो। दाहिने घुँडा भाँच्चिएजत्तिकै दुखिरहेको थियो। खोलाको डिलमा मैले बेस्सरी आफ्नो पेट थिचेँ र मुखबाट पानी बाहिर निकालेँ। बन्दप्रायः मेरा कान एक्कासि खुले। खोलाको डरलाग्दो आवाजले कान छेड्ला जस्तै भइरहेको थियो। म भुक्लुक्क धानखेतमा लडेँ। अब त रुझ्नु र हिलाम्मे हुनुको कुनै सीमा थिएन। म भक्कानो छाडेर रुन थालेँ। मेरो रुवाइ बाढीको प्रचण्ड आवाजसँगै ठोकिएर कतै हराइरहेको थियो।

अब मलाई आफ्नै शरीर भारी भइरहेको थियो। बाढी बढेर खोलाको डिल नाघिरहेको थियो र खेतमा पसिरहेको थियो। सकी नसकी उठेँ। आलीआली ढुलमुलिँदै कच्ची बाटोमा पुगेँ। म निकै कमजोर भइसकेको थिएँ। फेरि लडेँ। गाढा निद्रा जस्तो केही कुराले छोपिरहेको थियो। मलाई निकै जाडो भइरहेको थियो। बा मेरो निधारमा हात राखिरहनुभएको थियो र मायाले मलाई थप्थपाइरहनुभएको थियो। 

झल्याँस्स आँखा खुले। बाको मायाले मेरो मुटु फुट्ला जस्तो भयो। म पागल जस्तै रुँदै, चिच्याउँदै, जतिसक्दो ठूलो स्वरले बालाई बोलाउँदै दौडन थालेँ। म बालाई बचाउन भनेर हिँडेको थिएँ। अब अस्पतालसम्म पुग्नु नै मेरा लागि निकै कठिन भइरहेको थियो। मैले भित्रैदेखि आत्मबल बढाएँ र फेरि हिँड्न खोजेँ। अहो, मेरो देब्रे खुट्टामा जुत्ता थिएन। कुर्कुच्चामा नीलकाँडा बिझेको थियो। घुँडानिर पाइन्ट च्यातिएको र त्यहाँबाट रगत बगिरहेको थियो।

एउटा मात्र खुट्टामा जुत्ताको काम थिएन। मैले दाहिने खुट्टाको जुत्ता पनि मिल्काइदिएँ। जसोतसो बजारको चोकमा पुगेँ। चुक घोप्टिएजस्तै अँध्यारो थियो, सायद वर्षा र हावाले बिजुलीको तार कतै छिनेको थियो। कुकुरहरू भुक्न थाले। नजिकै शङ्खधर साख्वाको सालिकको कालो आकृति मलाई हेरेर रोइरहेझैँ लाग्थ्यो। यहीँनिर आन्दोलनमा मण्डलेसँग हाम्रो भिडन्त भएको थियो। तिनीहरू लामा–लामा खुँडा देखाइरहेका थिए र हामीलाई एक–एक गरेर गिँडिदिने चेतावनी दिएका थिए। अन्ततः तिनीहरूलाई हामीले लखेटेका थियौँ। त्यो बेला पिठ्यूँमा लागेको तरबारको चोट अझै पनि झरी–बादलमा बल्झिरहन्छ। त्यो सम्झेर कसोकसो मेरो गलाबाट हिक्का छुट्न थाल्यो।

म धर्मराउँदै हिँडिरहेँ। भोक, थकाइ र चोटले सास फेर्न मुस्किल भइरहेको थियो। कति कमजोर भइसकेको थिएँ भने लाग्थ्यो, अब कुनै पनि क्षण मेरै प्राणपखेरु उडेर जानेछ।

शक्तिशाली बम जस्तै अकास्मात् आकाश चड्कियो र जमिन थरर थर्कियो। पृथ्वी नै जलाउँलाझैँ गरी ओर्लिएको प्रकाशले मलाई बेस्सरी हुत्याइदियो। सायद त्यो चट्याङ थियो। म झण्डै बीस मिटर पर उछिट्टिएर डङ्रङ्ग सडकमा बजारिएँ।

मेरो वरिपरि पृथ्वी फनफनी घुमिरहेको थियो। टाउकोबाट चिसो पानी बग्न थाल्यो। सायद त्यो पानी थिएन, मेरो रगत थियो। बा पर टाकुरामा बलिन्द्र धारा आँसु बहाउँदै मलाई पर्खिरहनुभएको थियो। के त्यो अस्पताल थियो? पृथ्वी जलाउँलाझैँ गरी ओर्लिएको प्रकाश अब मुखभरि आलो रगत लतपतिएको ब्वाँसोमा परिणत भएर मलाई लखेटिरहेको थियो। म त्यससँग लड्दैभिड्दै, जतिसक्दो ठूलो स्वरले चिच्याउँदै, रुँदै बा भएतिर घिस्रिरहेँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.