कूटनीतिमा दोहोरो मापदण्ड नेपालका लागि खतरा

|

काठमाडौं: विज्ञ तथा जनकारहरुले नेपालको कूटनीति संवेदनशील भए तापनि त्यसअनुसारको संवेदनशिलता देखाउन नसकिएको बताएका छन्। कूटनीतिमा नेपालले प्रभावकारी भूमिका खेल्न नसकेको समेत उनीहरुले आरोप लगाएका छन्।

'विश्‍वको ध्यान अहिले हाम्रा दुई छिमेकी राष्ट्रहरुमा रहेको छ, यस कारण पनि हाम्रो कूटनीति संवेदनशील छ तर, हामीले संवेदनशिलता कति देखाउन सकेका छौं? समीक्षाको विषय हो, मलाई लाग्छ हाम्रो कूटनीति कमजोर बन्दै गएको छ' फरेन पोलिसी नेपाल सम्मेलनको क्रममा शनिबार प्रराष्ट्रविद् डा.दिनेश भट्टराईले भने। उनले नेपालको कूटनीति दस्तावेज खराब नभएको बताउँदै त्यसको व्यवहारिक कार्यन्वयन गर्न नेपाल चुकिरहेको समेत बताए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक पन्नाकाजी श्रेष्ठले नेपालले कूटनीतिक सम्बन्धका दस्तावेजमा सश‌ंकित हुने गरेको बताए। 'चीनले भारतले आफ्ना कूटनीति दस्तावेज बनाउँदा आफ्नो दीर्घकालीन लाभलाई हेर्ने गर्छन् नेपाल भने कूटनीति सम्बन्ध बनाउँदा भारतले केही भन्ने हो कि चीनले केही भन्ने हो कि यो लेख्दा के प्रतिक्रिया आउँछ भनेरे डराएको देखिन्छ' अमात्यले भने।

उनले भारत चीनबीच समान सम्बन्ध विस्तार गर्न सक्नु नै नेपालका लागि फाइदा भएको बताएका छन्। जापानका लागि नेपाली राजदूतमा सिफारिस भएका डा. खड्क केसीले समेत नेपालले कूटनीति सम्बन्ध प्रयोग र कार्यन्वयनलाई निकै गम्भीरताका साथ लिनुपर्ने बताए।

सत्ताबाहिर र भित्र हुँदा फरक-फरक दृष्टिकोण

नेपालका राजनीतिक दलहरुले सत्तामा रहँदा र प्रतिपक्षमा दुई किसिमको कूटनिति देखाउने गरेको विज्ञहरुले औंल्याएका छन्। तर कूटनीतिमा नै राष्ट्रिय एकता हुनु पर्नेमा नेपालमा त्यस्तो हुन नसक्नु घातक भएको प्रराष्ट्र विज्ञ डा.दिनेश भट्टराईले बताए। उनले नेपाल कुटनीति दोहोरो मापदण्डबाट ग्रसित भएको समेत बताएका छन्। 'हाम्रो वा नेपालका कुनै पार्टीकोनीति वा सिद्वान्त नै खराब हैन।

तर,सबै पार्टीहरुले सत्तामा रहँदा र सत्ताबाहिर रहँदा दुई किसिमको कूटनीति देखाउन खोजिन्छ यही नै हाम्रो लागि घातक हो' भट्टराईले बताए। भट्टराईको धारणासँग प्रराष्ट्र सचिव शंकरदास बैरागीले सहमति जनाएका छन्। 'डा.भट्टराईले भनेको कुरालाई हामीले मनन गर्नपर्ने देखिन्छ हामीले कूटनीति जहिले पनि राष्ट्रको हितको लागि प्रयोग गर्नुपर्ने हुन्छ र राष्ट्रिय हितको कुरा जुनसुकै अवस्थामा रहँदा पनि एउटै हुनुपर्छ' बैरागीले भने। उनले कूटनीतिमा राष्ट्रिय एकता र धारतलीय अवस्था हरेर कूटनीतिक सम्बन्ध राख्‍न जरुरी रहेको समेत बताएका छन्।

कूटनीति आर्थिक केका लागि?

विज्ञहरुले विश्‍वभर नै कूटनीति के को लागि र कूटनीतिबाट कहाँ कस्तो फाइदा भन्ने विषयमा विश्‍वभर नै समीक्षा हुन थालेको बताउँदै नेपालमा पनि यसको समीक्षा जरुरी भएको बताएका छन्।

'कूटनीति के का लागि अहिले धेरै देशहरुले देशको आर्थिक विकास र आर्थिक लाभको लागि कूटनीतिलाई जोड दिएको पाइन्छ हामीले पनि कूटनीति आर्थिक विकास र राष्ट्रिय हितमा बनाउन जरुरी छ' पूर्वप्रराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले भने। त्यस्तै, अस्ट्रलियाका लागि नेपाली राजदूतका सिफारिस भएकी लक्की शेर्पाले समेत अहिले अर्थ कूटनीति विस्तार सबैको चासोको विषय भएको बताएकी छन्। उनले अब आर्थिक कूटनीतिमा राष्ट्रले ध्यान दिनुपर्ने समेत बताइन्। राम्रो कूटनीतिक सम्बन्ध नै अन्तर्राष्टियआर्थिक सम्बन्ध विस्तारको कडी भएको उनको भना थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • राणाकालिन जैसिकाेठाले नया नेपालकाे परराष्ट्र मन्त्रालयले भन्दा राम्राे काम गर्दाेहाे । दुइ ढुंगाकाे चेपुवामा रहेकाे नेपालले बर्तमानमा सहि कुटनितिक सन्तुलन कहिल्यै कायम राख््न सकेन । कुटनितीलाइ कुर्सीनिती संग जाेडेर हेर्ने परिपाटिले देशकाे कदापी भलाे गर्न सक्दैन । https://www.kantipath.com