|

गुल्मी : फोक्सोको क्यान्सर पीडित गुल्मीका एक व्यक्तिले आर्थिक सहयोगको अपिल गरेका छन्। साबिकको बाँझकटेरी ९ हालको मदाने गाउँपालिका मुलाबारीका ३१ वर्षीय ताराबहादुर केसी (नारायण) ले आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका हुन्।

६ महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित केसीले उपचारमा ठूलो रकम लाग्‍ने भएपछि सहयोगको याचना गरेका हुन्। उनको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको साथै श्रीमतीमा अपांगता भएकोले उपचारमा सहयोग गर्नको लागि गुल्मी पुर्कोटदहमा क्रियाशील जनप्रिय युवा क्लबले आह्वान गरेको छ।

काठमाडौंमा महँगो उपचार गराउनुपर्ने भएकोले देश विदेशमा रहेका गुल्मेली तथा सम्पूर्ण नेपालीहरुलाई केसीको उपचारका लागि सक्दो सहयोग गर्न आह्वान गरिएको क्लबका सदस्य कमल लम्सालले बताए। उनले हालसम्म ५ लाखभन्दा बढी खर्च गरिसकेका छन्। लम्सालका अनुसार केसीकी श्रीमती अपांगता रहेकी छन् भने दुई छोराछोरी सानै छन्।

उपचारका लागि केसीको पारिवार दयनीय अवस्थामा रहेको छ। लम्सालले देश विदेशमा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई सहयोगको लागि अपिल गरेका छन्। केसीको २८ चैतमा फोक्सोको शल्यक्रिया हुँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.