|

  • रमेश रावल-

कालिकोट : कालिकोट जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला विकास समिति र जिल्ला कृषि विकास कार्यालयले खाद्य सुरक्षा तथा पोषण लगायतका क्षेत्रमा दर्जनौं कार्यक्रम चलाउँदै आएका छन्। यी सरकारी निकायले पोषणसम्बन्धी दर्जनौं कार्यक्रम सञ्चालन भए पनि कुपोषणमा भने न्यूनीकरण आउन सकेको छैन।

कालिकोटमा पोषणसम्बन्धी वृद्धि अनुगमन, मातृशिशु तथा बाल्यकालीन पोषण, कृषि तथा खाद्य सुरक्षा आयोजना, बहुक्षेत्रीय पोषण योजना, शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम, किशोरीलाई आइरन चक्की वितरण, सुनौला हजार दिन सञ्चार अभियान लगायतका थुप्रै कार्यक्रम सञ्चालन भइरहेका छन्। यी कार्यक्रम विगत लामो समयदेखि जिल्ला सञ्चालित भए पनि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लामा अझै ६३ प्रतिशत कुपोषण रहेको जनाएको छ।

हाल शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू गरी कुपोषण न्यूनीकरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले हाल जिल्लामा २ वटा बहिरंग सेवा केन्द्र थप गरी १० वटा बहिरंग सेवा केन्द्र विस्तार गरेको जिल्ला अस्पताल प्रमुख कौशल अलिले बताए। ‘धौलागोह, स्युना, मेहेलमुडी रकु, कुमालगाउँ, राँचुली, गेला स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा बहिरंग उपचार केन्द्र सञ्चालन गरिएको छ’ उनले भने।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले हालै राम्नाकोट र सुकाटियामा पनि सेवा विस्तार गरी सुकाटियामा १६ जना कडा शीघ्र कुपोषित बालकालिकालाई उपचार दिइरहेको जिल्ला स्वास्थ्यका पोषण सम्पर्क व्यक्ति कटकबहादुर महतले बताए।

जिल्ला स्वास्थ्यका अनुसार जिल्लामा देखिएका कुपोसित बालबालिकामध्ये ६३ प्रतिशत बालिका रहेको, जसमा ५० प्रतिशतभन्दा बढी दलित समुदायका बालबालिका रहेको जनाएको छ। कुपोषणका कारणले नै जिल्लामा ३ जना बालबालिका यसै आर्थिक वर्षमा ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.