|

जाजरकोट : चट्याङ लागेर जाजरकोटमा एकै परिवारका तीनजना घाइते भएका छन्। जिल्लाको त्रिवेणी नलगाड नगरपालिका ३ कट्केमा शनिबार राति परेको चटयाङले सोही ठाउँका रामबहादुर थापा, उनकी श्रीमती डम्वरकुमारी थापा र  बुहारी हजारी थापा घाइते भएको प्रहरीले जनाएको छ।

घाइते भएका घरमालिक रामबहादुर थापा गम्भीर घाइते छन्। उनीहरु सबैको  कैनास्थित स्वास्थ्यचौकीमा  उपचार भैरहेको छ। चटयाङले थापाको घर भत्केको छ। उनको एउटा भैंसी पनि मरेको छ। चट्याङले थापाको घरमा राखिएको सोलार फुटेको र घरमा बस्न नमिल्ने गरी भत्किएको स्थानीय चन्द्रबहादुर थापाले बताए।

घटनाबारे जानकारी लिन प्रहरी टोली त्यसतर्फ गएको छ। क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी भावेस रिमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.