|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने संसद बैठकमा एमालेले बजेट संबन्धी विधेयकबारे प्रश्न उठाउने बताएका छन्।

नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय प्रतिनिधि परिषदको उद्घटन गर्दै उनले कार्यसूचिमा आइसकेको बजेटसम्बन्धी तीनवटा विधेयक हराएको भन्दै त्यसको खोजी गर्ने बताएका हुन्। 'भोलि ११ बजे त्यो हराएको विधेयक कहाँ गयो भनेर खोज्नैपर्ने हुन्छ' उनले भने। विहीबारको संसद बैठकमा बजेट सम्बन्धी विधेयकको सट्टा अविश्वास प्रस्तावको छलफल गराए एमालेले विरोध गर्ने प्रम ओलीले संकेत गरेका हुन्।

ओलीले अहिले कतिपयले राजनीतिलाई तनावतिर लैजान चाहेको भन्दै आफुले संविधान र कानुन अनुसार पद छोड्ने बताए। 'जान त म जाने नै हो, मलाई छोड्न गाह्रो होइन' उनले भने 'तर म संविधान अनुसार नै छोड्छु।'

प्रम ओलीले संसदको कार्यसूचिमा रहेको बजेट सम्बन्धी विधेयक रोकेर अविश्वास प्रस्तावमाथि मात्रै ध्यान दिइएको भन्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न ठूलो षड्यन्त्र भएको बताए। 'बन्नै नदिने कोशिस थियो,  बनेपछि भोलिपल्टैबाट हटाउने कोशिस भयो, ९ महिना कसरी टिके हुँला?' उनले भने।  

प्रधानमन्त्री ओलीले आफुले ९ महिनामा कुनै उल्लेख्य काम गर्न नसकेपनि गर्ने कोशिस गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.