|

पोखरा : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन निर्वाचनपछि मात्रै हुने बताएका छन्। प्रेस चौतारी नेपाल कास्कीले सोमबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले निर्वाचन आयोग वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झिन नहुने बताए। 

‘अहिले संविधान संशोधन गर्ने बेला होइन’, उनले भने, ‘देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौंला।’ प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन भएकाले जनताका सेवा र सुविधा घरदैलोमा पुर्‍याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसी मोर्चा डराएर भाग्लास्तो आफूलाई नलागेको उनलेटिप्पणी गरे। 

नेता नेपालले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनुपर्ने जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.