|

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधान समूहले उम्मेदवारी दर्ता गरेको छ। एसोसियट बाहेकका पदमा आइतबार उम्मेदवारी घोषणा गरेको यो समूहले सोमबार महासंघ कार्यलय टेकुमा पुगेर उम्मेदवारी दर्ता गराएको हो।

प्रधान समूहमा जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत संघबाट शंकरप्रसाद पाण्डेले उमेदवारी दिएका छन्। एसोसियट उपाध्यक्षमा भने चन्द्र ढकाललाई समर्थन गरेको वरिष्ठ उम्मेदवारका प्रत्यासी किशोर प्रधानले बताए। प्रधान समूहबाट वस्तुगततर्फको केन्द्रीय सदस्यमा शिवप्रसाद घिमिरे, सन्तोष श्रेष्ठ, सुकुन्तलाल हिराचन, गोविन्द घिमिरे, हंसराज वाग्ले, डा तिलचन्द्र भट्टराईले उम्मेदवारी दिएका छन्। 

त्यस्तै, जिल्ला नगरबाट कल्याण जोशी, गजेन्द्र भगत, दीपेन्द्र क्षेत्री, पशुपति खड्का, मनीषलाल प्रधान, मनोज मन्दार, युवक राजभण्डारी, राजेन्द्र श्रेष्ठ, लोकविक्रम थापा, सन्तोष खतिवडा, सुदर्शन कार्की, खुसनारायण सैंजुले उम्मेदवारी दिएका छन्। आइतबार गोल्छा समूहले उम्मेदवारी दर्ता गराएका थिए। गोल्छा समूहले जस्तै पदाधिकारीका सदस्यहरु त्रिरपुरेश्‍वर ब्रेकरी क्याफेमा जम्मा भएर उम्मेदवारी दर्ताका लागि पैदल हिँडेर महासंघ कार्यालय पुगेका थिए।

फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.