|
तस्बिर : हरिहर घिमिरेको ट्वीटरबाट

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ कविलास, घुमाउनेमा सुख्खा पहिरो जाँदा पुरिएर २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्। दुर्घटनामा आधादर्जनभन्दा बढी सवारीसाधन पुरिएका छन्।

चितवनका प्रहरी उपरिक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा पहिरोमा पुरिएको बा १० प ४८४४ नम्वरको मोटरसाकल चालक लम्जुङ जिल्लाको सुन्दरबजार ३ भोटेवडारका अन्दाजी ४५ वर्षिय रेशमराज राना रहेका छन् । सोही मोटरसाईकलको पछाडि सवार रानाका १५ वर्षिय छोरा सन्दिप राना घाईते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी मुग्लिन हुँदै नारायणगढतर्फ आउदै गरेको ना ४ ख ५४१९ नम्वरको ट्याङ्करका सह चालक भारतको वेतिया जिल्ला घर भएका २५ वर्षिय विनय कुमार कोईरीको मृत्यु भएको प्रहरीले जनाएको छ । पुरिएको ट्याङ्कर निकाल्दै गर्दा उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पहिरोमा परी एउटा ट्रक, एउटा कार, एउटा टाटा मोबाइल र केही मोटरसाइकल पुरिएका छन्।

बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारीसाधनलाई पुरेको थियो। घटनास्थलमा उद्धारका लागि प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। घटनास्थल नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.