|

दाङ : विगत लामोदेखि ब्लड क्यान्सरपीडित लमही नगरपालिका वडा नं ९ निवासी पूर्णबहादुर विकलाई दलित नेता केशव नेपाली सहितको टोलीले  आर्थिक सहयोग गरेको छ। पिडित विकलाई १२ हजार ५ सय रुपैयाँ सहयोग रकम सोमबार घरमै गई  हस्तान्तरण गरिएको हो।

विकको उपचार अहिले भरतपुर क्यान्सर अस्पतालमा हुँदै आएको छ। लामो समयदेखि उपचार गरेका विकको आफ्नो सबै सम्पति उपचार गर्दैमा सकिएपछि अहिले उपचारका लागि समस्या भएको परिवारले बताएको छ।

विकका दुई छोरा एक छोरी छन्। आफ्ना श्रीमान्को जीवन बचाइदिन विककी श्रीमती रिमा विकले आग्रह गरेकी छन्। घरको मुली मान्छे नै लामो समयदेखि बिरामी भएपछि छोराछोरी पढाउन घर खर्च चलाउनसमेत समस्या भएको रिमा विकले बताउँछिन्। त्यसैले रिमाले उपचारमा सहयोग गर्नका लागि सम्पूर्ण परोपकारी मनहरुलाई आग्रह गरेकी छन्। सहयोगका लागि ९८०६२५६०४२ र ९८०९७२७४८५ मा सम्पर्क गर्न रिमाले आग्रह गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.