विश्व

डुङ्गा पल्टिँदा ४ को मृत्यु, १६ बेपत्ता
SHARES

चैत २१, २०७३

    इस्लामावाद : पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन्। दक्षिणी सिन्ध प्रान्तको केती बागैन क्षेत्रमा गहँुबाली स्याहार्नका लागि जाँदै गरेका मजदुर चढेको डुङ्गा इन्दुस नदीमा दुर्घटना भएको हो। 

    उद्धारकर्ताहरुले चार वटा शव निकालेका छन्, भने अरु १६ जनाको खोजी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। डुङ्गा दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुनसकेको छैन। यस वर्ष इन्दुस नदीमा डुङ्गा दुर्घटना भएको यो दोस्रो पटक हो। 

    यसअघि गत फेब्रुअरीको सुरुमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको थियो। इन्दुस नदीको किनारमा बस्‍ने बासिन्दाले प्रायःजसो डुङ्गाको प्रयोग गर्ने गर्दछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]