|

  • प्रकाश पार्की

डडेल्धुरा : आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ बाट १३ लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन्। सात नम्बर प्रदेशबाट १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका ६ लाख ३४ हजार ३ सय ७७ जना पुरुष, ६ लाख ६९ हजार तीन सय २१ जना महिला र १४ जना तेस्रो लिङ्गी गरी १३ लाख तीन हजार सात सय १२ जनाले मतदान खसाल्न पाउनेछन्।

डडेल्धुरामा ह्वात्तै घट्यो मतदाताको संख्या

- डडेल्धुरामा ३७ हजार २ सय ५४ पुरुष र ३८ हजार पाँच सय २६ जना महिला गरी जम्मा ७५ हजार ७ सय ८० जनाले मतदान गर्न पाउने भएका छन्। यस जिल्लामा २०६४ सालको संविधान सभाको निर्वाचनमा एक लाख चार सय सात जना मतदाता रहेका थिए भने २०७० सालमा ६५ हजार ८ सय ६७ जनाले मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।

अन्य जिल्लामा कति छन् मतदाता ?

- बैतडीमा ६० हजार २ सय २७ जना पुरुष, ६४ हजार पाँच सय ९६ जना महिला र एक तेस्रो लिङ्गी गरि एक लाख २४ हजार आठ सय २४ जनाले स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउने छन्।

- डोटीमा ४६ हजार ९८ जना पुरुष र ५४ हजार सात सय ८९ महिला गरि एक लाख ८ सय ८७ जनाले मदतान गर्ने भएका छन्।

- दार्चुलामा ३६ हजार ६ सय ४१ परुष र ३६ हजार २ सय ६५ जना महिला गरि ७२ हजार ९ सय ६ जनाले मत हाल्न पाउने भएका छन्।

- अछाममा ६० हजार चार सय ४१ पुरुष र  ६७ हजार दुई सय ९९ जना महिला र दुई जना तेस्रो लिङ्गी गरि जम्मा एक लाख २७ हजार सात सय २४ जनाले मतदान गर्न पाउने भएका छन्।

- बझाङमा ४७ हजार आठ सय ८८ जना पुरुष ४९ हजार सात सय २१ महिला र एक जना तेस्रो लिङ्गी गरि ९७ हजार ६ सय १० जनाले निर्वाचनमा मत हाल्न पाउने भएका छन्।

- बाजुरामा ३२ हजार पाँच सय २१ जना पुरुष, ३२ हजार चार सय २७ महिला र दुई जना तेस्रो लिङगी गरि ६४ हजार ९ सय ५० जनाले मतदान अधिकार पाएका छन्।

- कैलालीमा एक लाख ९८ हजार आठ सय ८७ जना पुरुष,  दुई लाख पाँच हजार तीन सय ८६ महिला र सात जना तेस्रो लिङ्गी गरि जम्मा चार लाख तीन हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन्।

- कञ्चनपुरमा एक लाख १५ हजार चार सय २२ पुरुष, एक लाख २० हजार तीन सय १२ महिला र एक जना तेस्रो लिङ्गी गरि दुई लाख ३५ हजार सात सय ३६ जनाले  स्थानीय तहको निर्वाचनमा मद हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले आइतबारमात्रै स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्विकृत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.