|

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका–२ मा एक जोडीको विवाह भएको ६दिनपछि फिर्ता भएको छ। स्थानीय बाल सञ्जालले बालबिवाह गरेको आरोपमा प्रहरी चौकी नाग्ममा जरुरी दिएपछि बालबिवाह रोकिएको हो।

तिलागुफा नगरपालिका–२ का १६ वर्षीया अन्जु बिकले सोही नगरपालिका ६ का बखत बिकसँग चैत्र १६ गते बालविवाह भएको थियो। बालविवाह भएको थाहा पाएपछि स्थानीय बाल सञ्जालले प्रहरी चौकीमा उजुरी दिएको र प्रहरी चौकी नाग्मको पहलकदमीमा बालविवाह रोकिएको बाल विकासमा काम गर्दै आएका प्रकाश शाहीले बताए। ‘बालबिवाह भएको थाहा पाएपछि स्थानीय बाल संजालको सहयोगमा प्रहरीमा उजुरी गरेका थिए।’ उनले भने, ‘प्रहरीको रोहवरमा नै बालविवाह रोएिको छ।’

स्थानीयको सहयोगमा एउटा समस्याका रुपमा नै आएको बालविवाह रोकेको प्रहरी चौकी नाग्मका इन्जार्ज गौरव अधिकारीले बताए। ‘हामीले स्थानीय बाल सञ्जालको सहयोगमा बालबिवाह रोकेका छौं।’ उनले भने, ‘बालविवाह रोक्न अहिले गाउँका बालबालिका नै सक्रिय हुन थालेका छन्।’ प्रहरी चौकी इन्चार्ज अधिकारीका अनुसार बालविवाह गर्ने जोडीलाई अहिले अभिभावकको जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.