|
Photo : Reuters

विद्रोहीको कब्जामा रहेको सिरियाली सहर इदलिबमा भएको हमलामा ३५ जनाको मृत्यु भएको छ। ६० भन्दा बढी घाइते भएको उक्त हमला रासायनिक भएको आशंका गरिएको बीबीसीले लेखेको छ।

मृत्यु हुनेमा ९ जना बालबालिका रहेको रोयटर्सले लेखेको छ। 

मानवअधिकारवादी संस्था द सिरियन अब्जर्बेटरी फर ह्यूमन राइट्सका अनुसार उक्त हमला सिरियाली र रुसी सैनिक विमानहरुले गरेका हुन्। हमलापछि स्वासप्रस्वासका कारण मान्छेहरुको मृत्यु भएको थियो। सिरियाली राष्ट्रपति बसर अल असदका विपक्षीहरुका स्थानीय समितिहरुले रासायनिक हमलाका कारण स्वासप्रस्वास रोकिएर स्थानीयको मृत्यु भएको भन्दै फोटोहरु सार्वजनिक गरेका छन्।

राष्ट्रपति बसर अल असद सरकारले भने रासायनिक हतियारको प्रयोग गरेको आरोप अव्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय संगठनहरुले सिरियाली सरकारी सेनाले सन् २०१४ र १०१५ को बीचमा कम्तिमा ३ पटक रासायनिक हतियार प्रयोग गरिएको थियो।

रासायनिक हतियार प्रयोगको विरोध गरिरहेको संगठन 'अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन' ले गरेको अध्ययन अनुसार सिरियाली सेनाले क्लोरिन रसायनिक हतियार प्रयोग गरेको थियो। त्यस्तै सिरियालमा आतंककारी संगठन स्लामिक स्टेटका लडाकुले मस्टर्ड ग्यासको प्रयोग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.