|

जनकपुरधाम : अख्तियारको टोलीले मंगलबार धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ। धनुषाको नापी कार्यालयमा जग्गाको सर्वेक्षणका पासका लागि एक सर्वेक्षकलाई घुस २२ हजार रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा धनुषा नापी कार्यालयका सर्वेक्षक रामलोचन ठाकुरलाई घुसको २२ हजार रकमसहित पक्राउ गरिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको एक टोलीले ठाकुरलाई पक्राउ गरेको हो।

गोप्य उजुरीका आधारमा सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलास गरेपछि २२ हजार घुसको रकम सहित रङ्गेहात उनलाई पक्राउ गरिएको अख्तियारका प्रहरी उपरिक्षक लम्सालले जानकारी दिए।

अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने कार्यालयहरुमा अनुगमन बढाएको छ। केही दिन पहिले मात्र धनुषाको मालपोत कार्यालयबाट एक कर्मचारीलाई अख्तियार घुससहित पक्राउ गरेको थियो। धनुषाकै नापी कार्यालयबाटै आईतवार मात्र नापी कार्यालयकै अमिन कृष्ण जोशीलाई समेत ३० हजार घुसको रकम सहित पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.