|

काठमाडौं : सत्तारुढ नेकपा एमाले बिहीबार बस्ने संसद बैठकमा अविश्वास प्रस्ताव अगाडि बढाएमा संसद अवरोध गर्ने निर्णय गरेको छ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले बजेट सम्बन्धी आश्रित विधेयक छाडेर अविश्वास प्रस्तावलाई अगाडि बढाएमा शालिनतापूर्वक संसद अवरोध गर्ने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए।

'पास हुने नहुने हाउसको कुरा भयो, तर संसदमा पहिला नै दर्ता भएको बजेट सम्बन्धी आश्रित विधेयक पेश नगरी अरु विधेयक अगाडि बढाएमा हामी शालिनतापूर्वक अवरोध गर्छौं' उनले थाहाखबरसँग भने।

एमालेले सभामुख ओनसरी घर्तीले संविधान र संसद नियमावली विपरित गतिविधि गरेको आरोप लगाउँदै नियमावली र संविधान अनुसार चल्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेको सांसद गुरु बुर्लाकोटीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.