|

पाँचथर : किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ अर्थात् ‘शिरफूल’ को छायांकन हुन थालेको छ । पाँचथरको थाक्ले,सर्पेडाँडा,लब्रेकुटी लगायतका स्थानमा छायाङ्कन गरिसकिएको चलचित्रको केही भाग बिहीबारदेखि जिल्लाको राई समुदायको अधिक बसोबास रहेको सिदिनको उच्च पहाडी क्षेत्रमा गरिँदैछ।

सिदिनपछि सन्तपुर,विर्तामोड र काठमाडौंमा पनि छायाङ्कन गरिने निर्देशक भगिराज राईले बताए। नेपाली चलचित्रको धारमा यो पृथक् चलचित्र भएको निर्देशक राईको दाबी छ। ‘सायाबुङ’ मा खास गरी पहाडी इलाकामा बस्ने किरात राई जातिको जनजीवनलाई टिपिएको छ। त्यहाँका युवाहरुको जीवन पद्धति र कथाव्यथा पनि समेटिएको छ।

परापूर्वकालदेखि नै पहाडी इलाकामा गोठ बस्ने चलन भए पनि घट्दो अवस्थालाई पनि चलचित्रमा उजागर गरिएको छ। किराती संस्कृतिमा रहेको लाहुरे प्रथाको सानो झलक पनि चलचित्रमा पाउन सकिन्छ। नायकको बुबा सुबेदारको रुपमा रहन्छन्। नायकको उमेर पुगेपछि विवाहको लागि किराती संस्कृतिमा मगनी र विवाह हुन्छ। यो खासमा एउटा लेखकले आफ्नो डायरीमा लेखेको उपन्यासको आधारमा कथा अघि बढ्छ। उसको बहिनीले दाजुको डायरीमा के लेखेको छ भनेर खोज्दा यो कथा पढ्न पाउँछिन् र कथा अघि बढ्छ।

 चलचित्रमा कलाकारहरु मदन दुमी राई, निशा राई, साया (सम्झना) राई, सौजन सुब्बा, दर्पना राई, ज्ञानबहादुर राई, अञ्जु राई लगायतले अभिनय गरिरहेको छ। इष्ट कास्ट क्रियसन प्रालीको ब्यानरमा निर्माण हुँदै गरेको चलचित्रमा समावेश गरिएका गीतमा दीपक लिम्बू, रजिना रिमाल, भगिराज राई, दीपा लामा, उदय नेम्बाङको स्वर र छायाङ्कन तथा नृत्य देवजंग थापा,शब्द\संगीत भगिराज राई, भक्त सुनुवार, उदय नेम्बाङ,तथा शृङ्गार मदन दुमी, अन्जु राई ,भेषभूषा  उमेश राई, भाषा सगुन सुसारा र स्थलगत व्यवस्थापन राजकुमार इसाराको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.