|

कालिकोट : जिल्लाको पलाता गाउँपालिकाका महिलाहरुले सामाजिक परिवर्तनको अभियान थालेका छन्। महिला हिंसा न्यूनिकरण, छुवाछुत प्रथाको अन्त्य तथा छाउपडी मुक्त गाँउ बनाउन ग्रामिण भेगका महिलाहरुले सामुहिक अभियान थालेका हुन्।

ग्रामिण भेगमा परम्परागत कुसंस्कारका कारण महिलाहरु विभिन्‍न किसिमका हिंसा खेप्‍न बाध्य भएको उनीहरु बताउँछन्। गाँउमा 'आमा समुह' गठन गरिएको छ। यस समुहले पलाता गाउँपालिकालाई महिला हिंसा मुक्त गाउँपालिका घोषणा गर्ने तयारी थालेको अध्यक्ष पदमकला धामीले बताइन्।

आमा समुहको मासिक बैठक बस्‍ने, प्रत्येक सदस्यले मासिक २० रुपैयाँका दरले बचत गर्ने, गाँउमा कसैलाई समस्या पर्दा सहयोग गर्ने, स्थानीय स्तरमा घरेलु हिंसा खेपिरहेका महिलाहरुको पक्षमा वकालत गर्ने र समस्या समाधानका लागि पहल गर्ने उनले बताइन्।

आमा समूहले बाल विवाह न्यूनिकरणका लागि अभियान थाल्ने तथा ‘सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको सहजिकरणमा गाउँपालिकालाई पुर्ण सरसफायुक्त तथा महिला हिंसामुक्त घोषणा गर्ने उनले जानकारी दिइन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.