विश्व

विवादमा दलाई लामा, भारतले तिब्बत कार्ड खेलेको चीनको आरोप
SHARES

भारतको सीमा चीनसँग होइन तिब्बतसँग जोडिएको छ : पेमा खान्डु

चैत २३, २०७३

    दैनिक भास्कर : धर्मगुरु दलाई लामाको अरुणाचल भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ। तिब्बतसँग सीमा जोडिएको भारतको यस प्रदेशमा दलाई लामा ९ दिने भ्रमणमा छन्। उनले  बुधबार प्रदेशस्थित बोमडिला भ्रमण गरे। भ्रमणका क्रममा उनले सञ्चारकर्मीहरुसँग भारतले आफुलाई कहिल्यै चीनको विरुद्धमा प्रयोग नगरेको दाबी गरे।

    दलाई लामाले केही व्यक्तिहरुले आफुलाई दानव मान्ने गरेपनि त्यसले केही फरक नपार्ने बताए। उनी यसरी अरुणाचलमा प्रस्तुत भएको विषयलाई लिएर चीन सरकारले आपत्ति जनाएको छ।

    चीनका लागि भारतीय राजदुतसँग चीनले यस विषयमा बेइजिङमा सोधपुछ गरेको हो। चीनका विदेश मन्त्रालयका प्रवक्ता चुनयिंगले भनेका छन्,' बेइजिङको चिन्तालाई बेवास्ता गरेर भारतले विवादित क्षेत्रमा दलाई लामालाई छिर्न दियो। यसले चीनको हित र दुबै देशको सम्बन्धमा गम्भिर घाटा पुगेको छ। '

    यसअघि चीनियाँ मिडियाले नरेन्द्र मोदीले दलाई लामाका सवालमा भारतका पूर्व प्रधानमन्त्रीहरुभन्दा फरक बाटो समातेको आरोप लगाएका थिए।

    के-के भनेका छन् चीनियाँ मिडियाले ?

    - न्युज एजेन्सीका अनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले चीनले आफ्नो सम्प्रभुता र चाहनाको रक्षा गर्न आवश्यक कदम उठाउने चेतावनी दिएका छन्।

    - चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा बुधबार छापिएको एक लेखम भनिएको छ। 'बेइजिङको आफ्नो हितको सुरक्षा गर्ने पक्का योजना छ। नयाँ दिल्लीले यसलाई हलुका ढंगले लिएको छ। चीनले यस विषयमा यसअघि पनि आफ्नो चिन्ता प्रकट गरिसकेको छ। तर नयाँ दिल्लीको दाबी छ कि चीनले उसको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाउँदैन।'

    - लेखमा भारतका गृह मामिला सम्बन्धि केन्द्रीय राज्य मन्त्री किरण रिजिजूको बयानलाई हवाला दिएर भारतले हस्तक्षेप नचाएको उल्लेख गरिएको छ। चीनले दलाई लामाको अरुणाञ्चल भ्रमणको विरोध गरिरहेको छ। बेइजिङले उनको भ्रमणले दुबै देशको सम्बन्धमा गम्भिर घाटा पुग्ने बताउँदै आएको छ।

    - तिब्बती धर्मगुरु दलाई लामा अरुणाञ्चलको ९ दिन भ्रमणमा छन्। उनले मंगलबार पश्चिम कामेन्ग जिल्लाको बोमडिलाबाट आफ्नो भ्रमण सुरु गरेका हुन्।

    -  भारतका गृह मामिला सम्बन्धि केन्द्रीय राज्य मन्त्री किरण रिजिजूले दलाई लामाको अरुणाञ्चल भ्रमणलाई लिएर विवाद उत्पन्न गर्न जरुरी नरहेको बताएका छन्। उनले यस भ्रमणलाई तिब्बती धर्मगुरुको आध्यात्मिक भ्रमण मान्नुपर्ने बताएका छन्। हरेक समुदायलाई आफ्नो धार्मिक रीति-रिवाज मान्ने स्वतन्त्रता दिनुपर्ने उनले बताएका छन्। उनले भारतले एक चीन नीतिको सम्मान गर्ने बताएका छन्।

    - भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बनेको छ। 'सरकारले पहिले नै स्पष्ट गरिसकेको छ कि दलाई लामा एक धार्मिक नेता हुन्। भारतमा धेरैले उनको सम्मान गर्छन्।  उनको धार्मिक र आध्यात्मिक यात्रालाई अर्को रंग दिन आवश्यक छैन।'

    तिब्बत कार्ड खेल्दैछ भारत

    - ग्लोबल टाइम्सले आफ्नो लेखमा भारतले तिब्बत कार्ड खेलेको आरोप लगाएको छ। 'एनएसजी मेम्बरसीप र मसूद अजहरको मुद्दामा बेइजिङको मुद्दामा बेइजिङको कदमलाई लिएर भारत खुसी छैन्। त्यसैले भारतले तिब्बत कार्ड खेल्दैछ,' लेखमा भनिएको छ,'भारत र चीनले यस मुद्दामा कुराकानी गरेका थिए। तर तनावपूर्ण सम्बन्धबीच यसको समाधान निस्कन सक्दैन। दलाई लामाको भ्रमणलाई लिएर चीन गम्भिर छ। यस भ्रमणलाई चीन विरोधी तथा पृथकतावादी भनिएको छ।'

    - यसैबीच अरुणाचलका मुख्यमन्त्री पेमा खान्डुले बुधबार भनेका छन्,' नयाँ दिल्लीलाई धम्की दिने कुनै हक चीनसँग छैन् किनकी दलाई लामाको अभियान देशको सीमा क्षेत्रभित्र छ। भारतको सीमा तिब्बतसँग जोडिएको छ। चीनसँग होइन।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]