|

नुवाकोट : राप्रपाबाट अलग्गिएर भर्खरै नयाँ दल एकीकृत राप्रपा राष्ट्रवादी खोलेका पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको गृहजिल्ला पुगेर राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले लोहनीको निर्णयलाई आत्मघाति भनेका छन्।

उनले राजनीतिक रुपमा लोहनीको निर्णयलाई आत्मघाति भनेका हुन्।

लामो समयदेखिको लोहनी प्रभाव क्षेत्र नुवाकोटमा पार्टी संगठन कमजोर नहोस् भनेर त्यहाँ पुगेका थापाले लोहनी उचाल्ने र पछार्नेको टुनामुनामा परेको बताए।

राप्रपा स्थापनामा लोहनीको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै थापाले लोहनी पछिल्लो कदम सच्याएर पुन राप्रपामा फर्कने विश्वास व्यक्त गरे। उनले भने- उहाँ विचार र सिद्धान्त बोकेको मान्छे हो। त्यसलाई भुल्न सक्नु हुन्न। उहाँ अन्त जाने ठाउँ छैन। राप्रपामै फर्कनु हुनेछ।

लोहनीले राप्रपा अध्यक्ष कमल थापाको पार्टी संचालन शैलीप्रति असहमति जनाउँदै पार्टीबाट बाहिरिएका थिए। थापाले भने त्यसलाई अस्वीकार गरेका छन्। थापाले भने- राप्रपामा उहाँका लागि भूमिका र भरपूर सम्मानको थियो।

स्थानीय विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थापाले नुवाकोटलाई राजनीतिक अभिभावकविहीन हुन नदिने भन्दै मञ्चमा रहेका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्व र सामिप्यता नुवाकोटले पाउने बताए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तामाङले नुवाकोटमा पार्टी संगठन निर्माण, कार्यकर्ता संरक्षण तथा विकासको काममा समेत आफ्नो पहलकदमी रहने बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.