विश्व

म्यानमारमा मुस्लिम समुदायलाई समाप्त पार्न खोजेको आरोप सुकीद्वारा अस्वीकार
SHARES

Photo : uk.businessinsider.com
चैत २४, २०७३

    प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले म्यानमारमा अल्पसंख्यक मुस्लिम समुदायलाई समाप्त पार्ने प्रयास गरिएको भन्ने आरोप अस्वीकार गरेकी छन्। बीबीसीसँगको कुराकानीमा उनले रोहिंगा समुदायका मानिसहरु बसोबास गर्ने रखाइन प्रान्तमा केही समस्या भएको स्वीकार्दै भनिन्, ‘तर यसलाई ‘जातीय संहार’ शब्दको प्रयोग गर्नु उचित हुँदैन।’

    मानिसहरुबीच शत्रुता बढेको र मुसलमानले मुसलमानलाई नै मारिरहेको भन्दै सुकीले आफूहरु समस्या समाधानको प्रयासमा रहेको बताइन्। सरकारको ज्यादतिका कारण ७० हजारभन्दा बढी रोहिंगा समुदायका मानिसहरु भागेर बंगलादेश पुगेका छन्। सुकीले स्वदेश फर्कन चाहनेलई स्वागत गर्न आफूहरु तयार रहेको पनि बताइन्।

    सेनाले रोहिंगा समुदायलाई प्रताडित बनाइरहेको र महिलाहरुमाथि बलात्कार गरेको आरोप लागेको छ। संयुक्त राष्ट्रसंघले म्यानमारको मानवअधिकारको अवस्थाबारे जाँच गर्ने जनाएको छ। रोहिंगा समुदायमाथि सरकारको व्यवहारका कारण सुकीले दशकौं संघर्ष गरेर बनाएको छविमा गम्भीर असर परेको र उनीमाथि अन्तर्राष्ट्रिय दबाब बढेको बीबीसीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]