|

 कपिलवस्तु : आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको लागि कपिलवस्तु जिल्लाबाट म्यादी प्रहरीको लागि १८ सय ९१ जना छनोट भएका छन्। म्यादी प्रहरीका लागि ३ सय ७८ जना वैकल्पिकमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्लामा म्यादी प्रहरीको लागि ३६ सय ३६ जनाले आवेदन दिएका थिए। आवेदन अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले म्यादी प्रहरीका छनोट सम्पन्न गरेको हो।

जिल्ला प्रहरि कार्यालयले कुल ३ हजार ३३६ जनाको शारीरिक परीक्षण गरिएकोे थियो। त्यसमध्ये २९ सय १२ जनालाई लिखित परीक्षामा सामेल गराइएको थियो। जिल्लामा ३ हजार १ सय ३५ पुरुष र ५ सय १ जना महिला गरी कुल ३ हजार ६ सय ३६ ले आवेदन दिएका थिए। जसमा पूर्वम्यादी प्रहरी १ सय २८ जना तथा १० जना पुर्व प्रहरी, शसस्त्र र सेनाका जवान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए।

जिल्लाको सदरमुकाम तौलिहवामा आवेदन दिने व्यवस्था गरिएको थियो। जिल्लाका लागि आवश्यक पर्ने संख्याको आधारमा छनोट गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। म्यादी प्रहरीमा भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष भित्रका पुरुष महिलाले आवेदन दिन सकिने व्यवस्था थियो।

 आवेदन दिएकाहरुमध्ये स्थानीय तह निर्वाचन २०७४ को म्यादी प्रहरी पदको भर्ना तथा छनोटसम्बन्धी पाठ्यक्रमअनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, अन्तर्वार्ता, अन्तिम नतिजा प्रकाशन, वैकल्पिक उम्मेदवार सिफारिस र नियुक्तिसम्बन्धी व्यवस्था र महिला म्यादी प्रहरीसम्बन्धी व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.