|

  •  अनिल खत्री-

 गुल्मी : स्थानीय निर्वाचनको नजिकिँदै गर्दा यतिबेला जिल्लाका सबै राजनीतिक दलहरुलाई चुनावी सरगर्मी बढेको छ। सबै आ–आफ्नै संगठनका काममा व्यस्त देखिन्छन्। नगर वा गाउँपालिकाका संभावित उमेदवारहरुको चर्चा पनि ुरु हुन थालेको छ। गुल्मी जिल्लामा दुई नगरपालिका, १० गाउँपालिका र ९३ वडा रहेका छन्। उम्मेदवारको  चर्चा भित्र नगर वा गाउँपालिकाको नेतृत्व गर्ने महिलाहरुको कुनै गुञ्जायस सुनिँदैन। सबै पार्टीभित्र अहिलेसम्म पुरुषहरुले नै आ–आफ्नो नेतृत्व सबैतर्फ फैलाएका छन्।

 स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको निर्वाचनमा कानुनले प्रमुख वा उप्रमुखमध्ये एकजना महिला भनेकै कारण दलहरु महिलालाई सकेसम्म उपप्रमुखमै थन्काउने दाउमा देखिन्छन्। जिल्लामा काङग्रेस जिल्ला सचिव विष्णु सापकोटा, अनिसा केशी, सीता अर्याल, मिना जिसी, अमृता कुवंर, अम्बिका श्रेष्ट, तारा पौडेल, सीता पाण्डेय, गीता थाापा, भोमा गुरुङ्ग, देवि पुन, मिना राना, भगवती काफ्ले भण्डारी, देवि कुवंर लगायत नगर तथा गाउँपालिकाको नेतृत्व गर्न सक्ने काङगे्रस नेत्रीहरु हुन्।

एमालेको तर्फबाट अनेमसघं अध्यक्ष ललिता गौतम, सीता भुसाल, नर्मदा भण्डारी, कमला शर्मा, बिमला खत्री, माओवादी केन्द्रको तर्फबाट लिला बलाल, बन्दना पोख्रेल, गीता थापा लगायत नगर तथा गाउँपालिकामा नेतृत्वको लागी आउन सक्ने संभावित नाम हुन्। जसमध्ये अहिले सम्म नेपाली काङग्रेस पार्टी सचिव बिष्णु सापकोटाको नाम मुसिकोट नगरपालीकामा मेयरको लागी चर्चा चर्चामा छ। तर पार्टीको आधिकारीक धारण भने बाहिर आएको छैन।

एमालेले अहिलेसम्म कुनै नगर वा गाउँपालिकामा महिला नेतृत्वको टुंगो लगाएको छैन। तर, अनेमसंघको तर्फबाट नगर तथा गाउँपालिकामा तीन वटा मेयर पाउनुपर्ने माग केन्द्रीय तथा जिल्ला कमिटीमा गरिएको अनेमसंघ जिल्ला अध्यक्ष ललिता गौतमले बताइन्। सवै पार्टीमा आधिकारिक रुपमा कुनै महिला नेतृत्व टुंगो लगाइएको छैन। त्यस्तै, वडास्तरमा पनि महिलाले नै नेतृत्व पाउने कम सम्भावना रहेको छ। वडामा पनि बरु उपाध्यक्ष कुन महिलालाई बनाउने भनेर लबिङ सुरु भएको छ।

सामान्यतया धेरै जसो कमिटीहरुमा महिलाहरु सहसचिव वा कोषाध्यक्ष र सदस्यमै सीमित भएका छन्। सबै जसो कमिटीहरुमा पुरुषहरुको बहुल्यता हुने भएता पनि महिलाहरुको संख्या कम भए पनि तिनिहरु सक्षम रहेको एमाले गुल्मीका प्रचार विभाग प्रमुख गणेश श्रीपाइलीलेको भनाइ रहेको छ। एमाले जिल्ला सचिवालय सदस्य कृष्ण घिमिरेका अनुसार गाउँ, क्षेत्र र जिल्ला स्तरिय संगठनको नेतृत्वमा महिलाहरु छैनन्। 

अनेमसंघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष बन्दना पोख्रेलले भनिन् ‘अवसर आउँदा महिलाहरुलाई कुनै पनि दलले अधक्ष्यतामा देखाउन नमिल्ने बताइन्।’ उनले सबै पार्टीभित्र यस विषयमा छलफल र तयारी हुनुपर्ने बताइन्। एमाले नेत्री सीता भुसालले स्थानीय निकायका चुनावले गाउँ तातेपनि महिलाहरुको विषयमा पार्टी केन्द्रहरु मौन रहेको बताइन्। अन्तिम समयमा एक्कासि उम्मेदवार टुंगोे लगाउने पार्टी प्रवृत्तिले पनि नगर वा गाउँपालिका प्रमुखका आकांक्षी महिलाहरुलाई थप जोखिम हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.