|

जनकपुर : देशैभर स्थानिय तहको निर्वाचनको तयारी तिव्र रुपमा भैरहेका बेला जिल्ला प्रहरी कार्यालय महोत्तरी करिब तीन महिनादेखि प्रमुख विहिन बनेको छ।

निर्वाचनको तयारीमा सुरक्षा निकायको महत्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय प्रमुख विहिन बनेपछि कतिपय कामकाज प्रभावित हुँदै आएको छ। जिल्ला प्रहरी कार्यालयमा प्रमुख नभएको अवस्थामा जटिल मुद्दाहरुमा अन्य छिमेकी जिल्लाका प्रहरी उपरीक्षकको आदेश लिनुपर्ने प्रावधान छ।

नेपाली काँग्रेसका सासंद संगीता मण्डललाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायलाई  प्रहरी प्रधान कार्यालय तानिएपछि उपाध्यायको स्थानमा अर्का प्रहरी उपरीक्षक नियुक्त भएका छैनन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तर्गत जिल्लाभर ३६ वटा प्रहरी इकाइहरु छन्। जसमध्ये २ वटा इलाका प्रहरी बर्दिबास र गौशाला, २ वटा अस्थाई प्रहरी पोष्ट, २ वटा ट्राफिक प्रहरी पोष्ट र अन्यमा प्रहरी चौकी तथा थाना रहेको प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले जनाएका छन्।
महोत्तरीमा जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर र इलाका प्रहरी कार्यालय बर्दिबासमा दुई जना प्रहरी नायब उपरीक्षक (डिएसपी) खटाइएको छ। सदरमुकाम जलेश्वरमा दिपक पोखरेल छन् भने बर्दिबासमा शालिग्राम शर्मा छन्।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पोखरेलले जटिल मुद्दाहरु आएको अवस्थामा छिमेकी जिल्लाका प्रहरी उपरीक्षकसँग मिलेर आदेश पश्चात अगाडी बढ्ने गरेको बताए। उनले जनकपुरमै अञ्चल प्रहरी कार्यालय भएको कारणले समेत आदेशको लागि झन्झट गर्नु नपरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.