|

काठमाडौं : कास्कीको पोखरामा विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पोखरा लेखनाथ महानगरपालिका १६ लामाचौर बस्ने ६० वर्षिया माइली तामाङ, उनकी छोरी १९ वर्षिय मनमाया तामाङ, मनमायाका छोरा ८ वर्षिय सोनाम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

च्याउ खाएर बिरामी परेका मनमायाका अर्का छोरा १२ वर्षिय आयुषको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। गएको शनिबार राति जङ्गलबाट ल्याएको च्याउ खाएपछि बिरामी भएका उनीहरुलाई ढिलागरी अस्पताल पुर्‍याइएको थियो।

च्याउ खाएदेखि नै झाडापखाला लागेपनि सुरुमा सामान्य सोचेर स्थानीय मेडिकलबाट औषधि लगेर खाई घरमै बसेका उनीहरुलाई  अवस्था गम्भीर बनेपछि मात्रै गत सोमबार अस्पताल पुर्‍याइएको थियो।

अवस्था गम्भीर बन्दै गएपछि उपचारका क्रममा माइली र उनका नाती सोनामको चरक मेमोरीयल अस्पताल र मनमायाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

च्याउको विषले गम्भीर भएपछि आयुषलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.