|

सिन्धुपाल्चोक : सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृत खटाएको छ। सिन्धुपाल्चोक जिल्लाको १२ तहमा ९ जना न्याय क्षेत्रको र ३ जना प्रशासनिक क्षेत्रको व्यक्तिलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले बताए।

कार्कीका अनुसार र्वाचनका लागि मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले वैशाख १२ गतेसम्म आफ्नो कार्यालय स्थापना गरिसक्नुपर्ने छ।

को-कहाँ खटिए ? 

चौतारा साँगाचोक गढी नगरपालिका : राजेशकुमार काफ्ले, जिल्ला न्यायधिश

मेलम्ची नगरपालिका : सुरेन्द्रबहादुर थापा, उप न्यायधिवक्ता 

बाह्रबिसे नगरपालिकाका : इश्वरीप्रसाद ढकाल, कार्यकारी अधिकृत 

लिसंखु पाखर गाउँपालिका : बेदप्रसाद खरेल, उपसचिव  

सुनकोशी गाउँपालिका : आत्मादेव जोशी, इजलास अधिकृत 

हेलम्बू गाउँपालिका : कृष्णराज पन्त, उपन्यायधिवक्ता

पाँचपोखरी थाङपाल गाउँपालिका : प्रेम खड्का, इजालस अधिकृत  

त्रिपुरासुन्दरी गाउँपालिका : भरतलाल शर्मा. उपन्यायधिवक्ता 

भोटेकोशी गाउँपालिका  : रामप्रसाद बस्याल, इजलास अधिकृत 

बलेफी गाउँपालिका : सुवर्णमान बनेपाली, न्यायधिवक्ता 

जुगल गाउँपालिका : उमाकान्त अधिकारी, कार्यकारी अधिकृत 

इन्द्रावती गाउँपालिका : हरि बखती, उपसचिव

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.