|

लहान : विभिन्न ८ माओवादी घटकसम्बद्ध युवा संगठनहरु सिरहामा एक भएका छन्। रामबहादुर थापा बादल, मातृका यादव, मणि थापालगायतसँग केन्द्रमा निकै अघि एकता भइसके पनि सिरहामा औपचारिक एकता हुन बाँकी थियो।

सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाइलमा बिहीबार साँझ अबेर सम्पन्न एकता भेलाले सूर्यप्रकाश संयोजकत्वमा २ सय ५१ सदस्यीय जिल्ला संयोजन समिति गठन गरेको छ। भेलाले एक जना जिल्ला इञ्चार्ज र पाँच जना सह–इञ्चार्ज पनि तोकेको छ।

एकता भेला आयोजक समितिका सदस्य एवम् वाईसीएलका केन्द्रीय सदस्य शुभराज लामाका अनुसार जिल्ला इञ्चार्जमा श्रवण यादव तथा सह–इञ्चार्जमा वीरेन्द्र साह, गणेश साह, गजेन्द्र दास, अरुण शर्मा, अजय यादव र वीरेन्द्र महतो चुनिएका छन्।

उद्घाटन सत्रमा माओवादी केन्द्रका रामकुमार यादव, हरिनारायण चौधरी, रामनारायण सिंह लगायतका नेताहरुको उपस्थिति थियो ।      

संगठनका केन्द्रीय कार्यालय सदस्य शिव फूँयालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा वक्ताहरुले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताका लागि क्रान्तिकारी युवाहरुले खेलेको भूमिकालाई आगामी दिनमा ‘नक्कली राष्ट्रवाद’ विरुद्ध केन्द्रित गर्न आग्रह गरे। मुलुकको सीमामा बसेर राष्ट्रियता जोगाउने मधेसी समुदाय नै वास्तविक राष्ट्रवादी भएको उनीहरुको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.