|

पालोवाला भण्डारी र भारतीय भट्टहरूको कारणले २०६५ पुस १७ गते श्री पशुपतिनाथको त्रिकाल पूजा रोकियो। सन्ध्या आरती पनि रोकिने सम्भावना बनेपछि देशको प्रशासनले हस्तक्षेप गर्‍यो। पुसको जाडो, चिसो सिँढीमा ६ घण्टा लामो प्रतीक्षा गरेपछि ४ः३० बजे मन्दिरको पश्चिमद्वार खुल्यो। 

सर्वथा असम्भव परिकल्पना गरिँदै आएको विषय एक्कासी उल्टियो। यो देशको सांस्कृतिक मूल्य मान्यताले पहिलो पटक श्री पशुपतिनाथमा वैधानिकता पायो। हिमाली सभ्यता र लोकसंस्कृतिले आफ्नो शिर उच्च रहेको अनुभव गर्‍यो। धर्म र अध्यात्मको सिंहासनमा नेपाली मन पुग्न सक्छ भन्ने भाव पलायो।

बिहान ७ बजेदेखि १०ः३० बजेसम्म भक्तहरूको उपस्थिति र कडा सुरक्षा घेरामा बाह्य परिक्रमा सम्पन्न भएको थियो। त्यसपछि विघ्नबाधा शमनका लागि लामो स्तुति गान चल्यो। तीन बजेपछि मन्दिरमा फेरि चहल–पहल सुरु भयो। बिस्तारै भक्तहरू जुट्दै आए। भगवानको नित्य पूजा कुनै पनि हालतमा रोकिनुहुन्न भन्दै चारैतिरबाट आवाज उठ्न थाल्यो। पूर्ण रूपमा हटिसकेको सुरक्षा घेरा फेरि बन्न थाल्यो।श्री पशुपतिनाथमा पूजा गर्ने भट्टलाई राजाले अनुमोदन गर्थे तर अनुमोदन गरिसकेपछि देशको राजाभन्दा भट्ट शक्तिशाली हुन्थे। नयाँ परिवर्तनलाई नियाल्दा देशको प्रधानमन्त्रीले श्री पशुपतिनाथको भट्ट नियुक्त गर्नेछन्। तर नेपालको प्रधानमन्त्रीभन्दा श्री पशुपतिनाथको भट्ट शक्तिशाली बन्ने प्रपञ्च र खतरा बढिरहेको छ। यसलाई हलुका ढंगले लिनु हुँदैन।

कोषका पदाधिकारी, कर्मचारी, समर्थक र सरकारको उपस्थिति बाक्लिन थाल्यो। मेरो मनमा तरङ्गहरू चल्न थाले। तन्त्रागम, वेद–वेदाङ्गको अध्ययन, अनुसन्धानबाट खारिएको पुष्ट विचार स्थापित भएन भने यो देशमा के होलारु पीडादायी संसारबाट मुक्तिको आशा बाँधेर श्री पशुपतिनाथको शरणमा आउँदा पनि न्याय मिलेन भने भक्तले अब कुन बाटो रोज्नेरु यो त देशद्रोही र मानवताविरोधीहरूले खडा गरेको व्यवधान हो। लोभी, लालची र पापीहरूले सृजना गरेको अवरोध हो। 

मानव–निर्मित पाषाण मूर्ति मात्र भए अर्कै कुरा। श्री पशुपतिनाथमा ईश्वरको बास छ भने गुफावास गरेपछि त चमत्कार देखिनै पर्छ। तीन दशकअघि जीवनको प्रेरणा लिएर श्री पशुपतिनाथबाट हिँडेको बालक आज पूजा गर्न भनेर घण्टौँदेखि द्वारमा उभिएको छ। ‘हे ईश्वर१ तिमी कहाँ छौरु म द्वारमा प्रतीक्षामा छु’ भनेर पुकार्दा अचानक चमत्कार भयो।

मैले श्री पशुपतिनाथका छवटा मुख, शालिग्राम र श्रीयन्त्रकोे संयुक्त पूजा गरिसक्दा रातिको नौ बज्यो। त्यसपछि म फेरि गुप्तवास बसेकै ठाउँमा फर्कें। भट्टहरूले छाडेर नहिँड्नाले मैले आवास पाउने कुरा रहेन।

केही घण्टाअघि आत्मरक्षाको प्रश्नसमेत उब्जेको थियो। संकटपूर्ण अवस्थामा श्री सम्झेर आएको भक्तको ईच्छाशक्ति पराजित भएन। जतिसुकै बाधा, व्यवधान र हिंसाका चित्रहरू फैलिए पनि मन्दिरको द्वार खुल्नै पर्दथ्यो। आखिर खुल्यो नै। अब वैदिक साम्यवादले वैधानिकता पाउने भयो। मानसिक दृढता बढाउन गरिने कामना शक्ति र वाचाशक्तिले बाटो लिने भयो। न्यायिक कृत्य गर्ने प्रतिज्ञा आफैँ गर्न सकिँदैन भने स्वतन्त्रताको सन्दर्भ जीवित रहिरहन्छ भन्ने विश्वास बढ्दैन। ईश्वरको दरबारमा सामाजिक न्यायको सिद्धान्त पुष्टि हुन सकेन भने सज्जन व्यक्तिहरूका लागि मन्दिर र उपासना स्थलको के औचित्य रहन्छ ररु 

सांस्कृतिक धरोहरभित्र मूल्य मान्यताको शैली र सभ्यताको इतिवृत्तलाई देशमुख बनाउन सकियो भने मात्र परिवर्तनको अर्थ रहन्छ। तन्त्र र वैदिक वाङ्मयको श्रीगणेश यही माटोमा भयो। यहाँका विद्वानहरू तन्त्र र वेद जान्दैनन् भन्ने काल्पनिक भ्रम फैलाइएको छ। पौराणिक मान्यताभित्र प्रचलित मीमांसालाई ख्याल गर्ने हो भने यो देश देवलोकमा पर्छ। यसलाई मनन् गरेर प्रत्येक सामाजिक क्षेत्रमा सकारात्मक र सृजनात्मक कार्यको थालनी आवश्यक छ भन्दै आराध्यको आराधना गर्ने बाटो खुल्यो। 

यो देश, देशको असल संस्कृति, सनातन धर्म र देशभरिका पावन तीर्थहरूको स्मरण गर्दै, मानवता र पर्यावरणबीचको सन्तुलनलाई संरक्षण र संवद्र्धन गर्ने आरम्भिक बाह्य सङ्कल्प लिँदै मन्दिरको द्वारमा मस्तक चढाएँ। आफ्ना श्रद्धेय गुरुहरू, तङ्खवदर्शी सनातन साधकहरू, अखिल विश्व व्रह्माण्डमा व्याप्त ऐश्वर्य शक्तिलाई नमन गर्दै पवित्र जल सबै दिग् दिगन्तरमा छर्किएँ। पाशुपत सदाशिव गण, महाविद्या, भूमण्डल, ग्रह, योगिनी सबैलाई श्रद्धा सुमन अर्पिंदै म मन्दिरको पश्चिम द्वारबाट भित्र पसेँ।

स्वतन्त्रता, सम्प्रभुता र गतिमान् जीवन शैलीका लागि आत्मउत्सर्ग गर्ने साधकहरूको आत्मालाई उकास्न नन्दीलाई प्रार्थना गरेँ। आफूलाई सौभाग्यशाली र धन्य ठान्दै हृदयदेशको परमात्मालाई प्रणाम गरेँ। विनियोग, न्यास र मुद्रा गर्दै श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा विनयशील हुँदै प्रवेश गरेँ।

मन्दिरभित्र प्रवेश गरेलगत्तै अर्कै आत्मानुभूति भयो। शरीरभरि आनन्दको सञ्चार फैलियो। शताब्दीयौँपछि करोडौँ नेपालीमध्ये म श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा प्रवेश गर्ने पहिलो नेपाली बनेँ। मैले श्रद्धा र भक्तिपूर्वक श्री पशुपतिनाथको स्पर्श गरेँ।

बेलुकाको आरती गर्नुपर्ने बेला भइसकेको थियो। बिहानको नित्य पूजा त रोकियो नै। म मन्दिर प्रवेश गरिसकेपछि पहिले क्षमापूजा गरेँ। मैले विधिअनुसार आचमन, प्राणायाम र न्यास गरेँ। अघिल्लो दिनदेखिका फूलपाती त्यसै रहेछन्। मैले सफा गरेँ। श्री पशुपतिनाथको मूर्तिमा रहेका अघिल्लो दिनका चन्दन, फूल–माला सफा गरेँ र मूर्तिको शृङ्गार नबिगारी पवित्र जल चढाएर श्रीको मन्त्रस्नान गरेँ। विधिपूर्वक श्रीयन्त्रको पूजा र आरती गरेँ। 

मैले श्री पशुपतिनाथका छवटा मुख, शालिग्राम र श्रीयन्त्रकोे संयुक्त पूजा गरिसक्दा रातिको नौ बज्यो। त्यसपछि म फेरि गुप्तवास बसेकै ठाउँमा फर्कें। भट्टहरूले छाडेर नहिँड्नाले मैले आवास पाउने कुरा रहेन।

आज मलाई अत्यन्त गौरवबोध भयो। यो क्षण मेरा लागि सर्वदा अविस्मरणीय रहनेछ। देश र समाजको प्रतिष्ठा अभिवृद्धिका लागि जीवन दाउमा लगाएर सफल हुने म अत्यन्त सौभाग्यशाली र भाग्यमानी नेपाली हुँ भन्ने बोध भयो। श्री पशुपतिनाथको गर्भगृहमा प्रवेश गरेर सदाशिव श्री पशुपतिनाथको विग्रह स्पर्श गर्दा मलाई लाग्यो, अब मेरो जीवनमा पनि नयाँ पालुवा पलाउनेछ। कुनै सकस महसुस नगरी विधिसम्मत ढंगले आफ्नो वैदिक शाखा र परम्पराअनुसारको नियम निष्ठा मैले परिपालन गरेँ। 

दत्तचित्त भई एकाग्रताले पुण्य कार्यमा समर्पित बनेपछि बाह्य वातावरणको प्रभाव पर्दैन। धारणा शक्तिलाई जहाँ लगेर केन्द्रित गर्‍यो, विचारको प्रवाह त्यतै लाग्छ। आराध्य श्रीको सेवामा लगनशील बनेपछि बाह्य विषयहरू आफैँ गौण ठहरिन्छन्।

भोलि १८ गते बिहान साढे चार बजे एक्लै मन्दिर प्रवेश गर्नु छ। पुजारी प्रवेश गर्ने समय ८ बजेपछि भए पनि नेपालीप्रतिको दुर्भावनाले गर्दा भारतीय भट्टका संपोषक सहयोगी भण्डारीहरू समेत मन्दिरको द्वार खोल्न नआउने सम्भावना निश्चित जस्तै छ। दर्शनार्थी भक्तहरूको भावनालाई कदर गर्दै मैले आफ्नो सम्पूर्ण ऊर्जाको सदुपयोग गरेर यहाँ गतिमान् बन्नु छ भन्ने भाव मनमा श्रीको कृपाले आइरह्यो।

मैले एक साता एक्लै श्री पशुपतिनाथको पूजा गरेँ– कुनै सहयोगबिना नै। ती दिनमा मैले कुनै विधि छोडिनँ। 

१८ गते बिहान साढे चार बजे एक्लै मन्दिर प्रवेश गरेँ। त्यस दिन पनि भण्डारी र भट्टहरू आएनन्। साढे दुई बजेसम्म म मन्दिरभित्र पूजामा लीन रहेँ। बिहान चिसो पानीले नुहाएर गएको, तर भगवानको आराधना गर्दा केही चिसो अनुभव भएन। मान्छेहरू भित्र तातो आउँछ भन्छन्, तर वातावरण नै तातो होइन। दत्तचित्त भई एकाग्रताले पुण्य कार्यमा समर्पित बनेपछि बाह्य वातावरणको प्रभाव पर्दैन। धारणा शक्तिलाई जहाँ लगेर केन्द्रित गर्‍यो, विचारको प्रवाह त्यतै लाग्छ। आराध्य श्रीको सेवामा लगनशील बनेपछि बाह्य विषयहरू आफैँ गौण ठहरिन्छन्।

साढे दुई बजे मन्दिरबाट निस्किएँ। अनि दूध र फलाहार गरेँ। पाँच बजे फेरि मन्दिर प्रवेश गरेर सन्ध्याकालीन आरती गरेँ। सायंकालीन विधि पूरा गरेपछि साढे सात बजे मन्दिरबाट निस्किएँ र पुरानै कक्षमा आएँ।

२३ गतेसम्म मेरो दैनिकी यस्तै रह्यो। यसबीचमा राष्ट्रका आराध्यदेव श्री पशुपतिनाथको आराधनामा म लीन बनेँ।

(पशुपतिनाथका पहिलो नेपाली मूल भट्ट डा. दहालको  मण्डप बुक्सबाट भर्खरै प्रकाशित स‌ंस्मरणात्मक पुस्तक 'पशुपतिमा सात दिन'बाट)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.