|

कालिकोट : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन ऐन संशोधन  गरेर आफ्नो पार्टीलाई आँखा चुनाव चिन्ह दिनुपर्ने बताएका छन्। नयाँ शक्ति नेपालले कालिकोटमा गरेको चुनावी सभालाई संम्बोधन गर्न आएका भट्टराईले ठुला दलहरुले निरङकुशता लाद्‍न नयाँ शक्तिलाई चुनाव चिन्ह नदिएको आरोप लगाए।

‘यो देशका प्रमुख राजनीतिक दलहरु निंरकुश भए।’ उनले भने,‘राजनीतिक दलहरु निंरकुश भएका कारणले नयाँ शक्ति लगाएतका पार्टीहरुले चुनाव चिन्ह दिन मानेनन्।’

भट्टराईले देशमा केपी शर्मा ओलीको पहाडे अतिवाद र सिके राउतको मधेसी अतिवाद हाबी भएको दाबी गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रष्ट्र हुँदै गएको आरोप लगाए।

उनले प्रचन्डसँग अब सहकार्य नहुने बताए। ' एउटा यात्रासम्म निश्चित यात्री हुन्छ र अर्को यात्रा गर्दा अरु नै यात्री हुन्छन्। हिजोका जनयुद्धका वहाँसँग सहकार्य गरियो। राजतन्त्र फाल्न सहकार्य भयो,’ उनले भने,‘देशको समृद्धि र समुन्नत बनाउने मामलामा वहाँसँगको सहयात्रा अब टुङ्गिएको छ। उहाँसँग कुनै भिजन छैन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.