|

काठमाडौं : अहिले नेपाली फिल्म बजारमा 'लभ लभ लभ'को चर्चा चुलिएको छ। 'पशुपति प्रसाद' निर्देशन गरेर सबै दर्शकको मन जित्न सफल निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउदैं छ।

यसअघि 'चपली हाइट' र 'पशुपतिप्रसाद' जस्ता फरक धारका फिल्म बनाइसकेका कारण दिपेन्द्र के खनालको 'लभ लभ लभ' बाट पनि दर्शकहरुले फरक स्वादको अपेक्षा गरेका छन्। आखिर के छ त 'लभ लभ लभ'मा?

दिपेन्द्र भन्छन् 'लभ लभ लभ माया गर्ने हरुको फिल्म हो। यो फिल्मले छुट्न लागेको प्रेमलाई जोड्छ, लभ गरिरहेका व्यक्तीहरुको मायालाई गाढा बनाउँछ र लभ पर्न लागेकालाई माया गर्न सिकाउँछ।'

उनले नाममा तीन वटा लभ राख्‍नुको कारण पनि बताएका छन्। पहिलो लभको अर्थ साथी, दोस्रो लभको अर्थ साथीभन्दा माथिको माया र तेस्रो लभको अर्थ साँच्चै निस्वार्थ लभ जनाउन खोजेको उनले बताए।

फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्काको मुख्य भुमिका छ। फिल्मको निर्माता सर्मिला पाण्डे हुन्। स्मरण, रहोस् सर्मिला सुरजकी आमा हुन्।

बजारमा आमा निर्माता भएका कारण सुरजलाई फिल्ममा लिएको चर्चा पनि चलेको छ। यस विषयमा पनि निर्देशक खनाल भन्छन्,'आमा निर्माता भएका कारण सुरजलाई फिल्ममा लिएको हैन्। मैले कथामा सुहाउने क्यारेक्टर उसमा पाएकोले फिल्ममा लिएको हो।'  सुरजले फिल्ममा अभिनय गर्नको लागि ३२ किलो तौल घटाएको दीपेन्द्रले बताए।

लभ लभ लभ लागेकै मितिमा अर्थात वैशाख १ गते 'राधे' र 'घामपानी' पनि प्रर्दशनमा आउँदै छन्। निखिल स्टारर फिल्म 'राधे' मा चर्चित नायिका प्रियंका कार्कीको पनि अभिनय छ। 'घामपानी' मा अहिलेका चर्चित नायक दयाहाङ राई र नायिका केकी अधिकारीको अभिनय छ।

निर्देशक दिपेन्द्र भन्छन् 'त्यो मितिमा आउने फिल्ममा स्टार कलाकार भए पनि म जुध्न तयार छु। मेरो फिल्ममा चलेको अनुहार नभए पनि मेरै नामले फिल्म ब्रान्डेड भैसकेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.