|

दाङ : जिल्लामा बितेको एक वर्षमा एक हजार बढी मानसिक रोगीहरुले परामर्श लिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय दाङको सहकार्यमा यातना पिडित सरोकार केन्द्र दाङले एक हजार दुई सय २६ जना मानसिक रोगीहरुलाई एक वर्षमा परामर्श दिएको जनाएको छ। 

विश्व स्वास्थ्य दिवसका अवसरमा शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय दाङले गरेको कार्यक्रममा उक्त जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट परामर्श दिइएको जानकारी गराइयो। गरिबी, बेरोजगार, शारिरीक व्यायामको कमी, चोटपटक तथा सामाजिक कारणले  मानसिक रोग लाग्ने गरेको जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले बताए। 

मानसिक रोगको उपचार परामर्शबाटै सम्भव रहेको उनको भनाइ छ। नेपालमा सन् १९६१ सालदेखि वीर अस्पतालबाट मानसिक रोगको उपचार सेवा सुरु भएको थियो। हाल राजधानीको लगनखेलमा मानसिक अस्पताल सञ्चालनमा छ। मानसिक रोगको निराकरणका लागि दाङमा एक सय जना स्वास्थ्य परामर्शकर्ता तयार पारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.