|

  • अनुज बज्राचार्य 

काठमाडौं : सेतो मच्छिन्द्रनाथलाई स्थानीय लगन टोलमा उनकी आमासँग आज भेट गराइएको छ। रथयात्रा व्यवस्थापन समितिले लगनस्थित माताको मन्दिरमा आज साँझ ६ बजे तीन पटक सेतो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराएको थियो। वर्षमा एक पटक यसरी उनीहरुलाई भेट गराउने चलन छ। 

मङ्गलबारदेखि सुरु भएको रथयात्रा असन र हनुमानढोकामा एक-एक रात बास बसाएर बिहीबार लगन पुर्‍याइएको थियो। बिहीबार लगनमा रथ पुर्‍याइए पनि त्यहाँ अवस्थित माताको मन्दिरमा प्राविधिक कारणले रथ परिक्रमा गराउन सकिएको थिएन।

शुक्रबार लगनस्थित माताको मन्दिरमा रथ परिक्रममा गराएको अवसरमा  बाजागाजा चलेको थियो। जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो। सहकाल र वर्षासँग सम्बन्धित मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ। मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.