|

दाङ : करिब २० करोड मूल्य बराबरको सुनबाट निर्मित गौतम बुद्धको मूर्तिसहित चार जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ। मूर्तिसहित रिम १ सल्यान घर भई कपुरकोट ५ बस्ने ४० वर्षीय खड्क केसी, सोही ठाउँका ५२ वर्षीय खिमलाल केसी, सिनवाङ ४ का ४३ वर्षीय छवि भण्डारी र सोही ठाउँ घरभई रोल्पाको गैरी गाऊँ बस्दै आएका ३७ वर्षीय तुलबहादुर बुढालाई उपमहानगरपालिका १ हर्नेटीबाट जिप्रका दाङ र इप्रका तुलसीपुरको संयुक्त टोलीले पक्राऊ गरेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनीहरूलाई प्रहरीले बिहीबार करिब १० बजे हर्नेटीको स्कुल पछाडिबाट नियन्त्रणमा लिएको थियो। उक्त स्कुल जंगलमा छ। पक्राउ परेका भण्डारी र बुढाको साथबाट प्रहरीले एक\एक थान खुकुरीसमेत बरामद गरेको छ। उनीहरुले उक्त सुनको मूर्ति कुनै मन्दिरबाट चोरेर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सुनको मूर्तिको तौल ९ किलो दुई सय ग्राम छ भने उचाइ १० इन्च छ।

प्रहरी स्रोतका अनुसार उक्त मूर्ति हल्लाउँदा भित्र केही वस्तु भएजस्तै गरी बज्छ। पक्राउ परेकाले प्रहरीलाई उक्त मूर्तिभित्र बहुमूल्य हिरा भएको बयान दिएको स्रोतको दाबी छ। पक्राउ परेकाहरुलाई जिप्रकाको दाङको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.