|

एजेन्सी : कुनै समय बलिउड अभिनेता अमिताभ बच्चन समेतलाई टक्कर दिने विनोद खन्ना अहिले अस्पतालमा छन्। अस्पतालबाट सार्वजनिक भएको उनको नयाँ फोटो हेरेर यतिबेला उनका समर्थकहरु स्तब्ध छन्।

गुर्दार्पुरबाट भारतको लोकसभामा सांसद् समेत रहेका खन्नाको स्वास्थ्य अवस्थालाई लिएर धेरै अड्कलबाजीहरु सार्वजनिक भैसकेका छन्। कतिपय उनको मृत्यु भैसकेको समेत दाबी गरेका छन्। तर अस्पतालले उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ।

क्यान्सरको उपचारका लागि व्यस्त हुने भएका कारण पन्जावमा हुने चुनावमा सहभागी हुन नसक्ने जानकारी उनले समर्थकहरुलाई गत फेब्रअरीमै गराएका थिए। उनले त्यतिबेला आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका थिए।

तर गत बिहीबार राति अस्पतालले विनोद खन्ना डिहाइड्रेसनका कारण गम्भीर अवस्थामा रहेको विज्ञप्ति जारी गर्‍यो।' अभिनेता सर एचएन रियलाईन्स फाउन्डेसन हस्पिटलमा गत शुक्रबारबाट भर्ना भएका छन्। डिआईड्रेसनका कारण उनको स्वास्थ्य गम्भीर छ। उनी हाम्रा चिकित्सकहरुको निगरानीमा छन् र स्वास्थ्य स्थिर छ,' अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

क्यान्सरका विषयमा भने अस्पतालले केही उल्लेख गरेको छैन्। बिहीबारबाटै विनोद खन्नाको फोटो सामाजिक सञ्जालमा भाइरल भयो। यस फोटोमा उनी परिवारसँग देखिएका छन्। कमजोर अवस्थामा देखिएका छन्।

विनोद खन्नाले १९६८ मा बलिउडमा डेब्यु गरेका थिए। उनले सुरुवाती समय केही साना रोलमा खेले। 'मेरे अपने', मेरा गाउँ मेरा देश र अचानक फिल्ममा अभिनय गरेपछि उनी दर्शकमाझ लोकप्रिय बने। उनले इम्तिहान,इन्कार, अमर अकवर एन्थोनी, लहुका दो रंग लगायत थुप्रै सुपरहिट फिल्म खेलेका छन्।  उनी बलिउडका सर्वाधिक ह्‍यान्डसम अभिनेतामध्ये एक मानिन्छन्।

आशा गरौं उनको स्वास्थ्यमा सुधार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.