|

दाङ : प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखा परेकै कारण नेपालको समृद्धि हुन नसकेको बताएकी छन्। उच्चअदालत तुलसीपुरमा शनिबार आयोजना गरिएको मेलमिलापसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै कार्कीले राजनीतिक प्रभाव र भागबण्डाको राजनीति अन्त्य हुनुपर्ने बताएकी हुन्।

‘हरेक क्षेत्रमा भागवण्डाको राजनीति हुन्छ, जसका कारण नेपालले समृद्धि गर्न सकिरहेको छैन’उनले भनिन्। सामाजिक रुपमा समान हेराई र व्यवहार गर्न सकियो भने पछाडि परेका नागरिकहरुको उत्थान हुने उनको दाबी छ।उनले भनिन्,‘अहिले अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश,अदालतका कर्मचारीको बोली व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने अवस्था छ।’

झण्डै ५\७ प्रतिशत सहरीया व्यक्तिहरुको मात्र अदालतसम्म पहुँच हुन सकेको उनको भनाइ छ। मुद्दाको फैसलाको अर्को विकल्प मेलमिलाप भएको बताउँदै अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको बताइन्। तर, मेलमिलापबाट पक्षहरु  दुवैले जितको अनुभूति गर्ने भएकाले कार्यान्वयनमा सहजता हुने बताइन्।

पक्षहरुले जितको अनुभूति गर्ने भए पनि नेपालमा मेलमिलापले खासै उपलब्धि हासिल गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। सोही अवसरमा न्यायपरिषद्का सदस्यपदम बैदिकले मेलमिलाप एउटा औजार भए पनि यसलाई समुदायमा अझै प्रभावकारी रुपमा लैजान नसकेको बताए। उनले भने, ‘मेलमिलापको दरमा किन कमी भएको छ,यसको समीक्षा गर्नुपर्ने अवस्था आएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.