|
फोटो : espncricinfo.com

आईपीएल क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा किंग्स एलेभेन पन्जाव ६ विजयी भएको छ। राइजिङ पुने सुपर जाइन्ट्सले दिएको १ सय ६४ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

पन्जाबको जितका लागि कप्तान ग्लेन म्याक्सवेलले नटआउट ४४, डेभिड मिलरले नटआउट ३०, हासिम अम्लाले २८, अक्षर पटेलले २४, मनन बोहराले १४ र ऋद्धिमान शाहले १३ रन जोडे। बलिङतर्फ पुनेका इम्रान ताहिरले २ तथा अशोक डिन्डा र राहुल चहरले १/१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको पुनेले बेन स्टोकको ५० ओभरको मद्दतले निर्धारित २० ओभरमा १ सय ६३ रन जोडेको थियो। उसका लागि मनोज तिवारीले नटआउट ४०, कप्तान स्टिभ स्मिथले २६, अजिन्क्या रहानेले १९ र ड्यानियल क्रिष्टियनले १७ रन जोडे। महेन्द्रसिंह धोनी भने ११ बल खेल्दै ५ रन बनाएर आउट भए। पन्जाबका सन्दीप शर्माले २ तथा अक्षर पटेल, टी नटराजन, मार्कस स्टोनिज र स्वप्निल सिंहले १/१ विकेट लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.