|
Photo : Goal.com

लिग लिडर चेल्सीले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ। लिगमा ७ खेल खेल्न बाँकी छँदा चेल्सी दोस्रो स्थानको टोटनह्याम हट्सपरभन्दा ७ अंकले अघि छ।

यसक्रममा गएराति चेल्सीले बर्निमाउथविरुद्ध ३-१ को जित दर्ता गर्‍यो। चेल्सीको जितमा इडेन हजार्ड र मार्कोस अलन्सोले १-१ गोल गरे। अर्को एक गोल भने विपक्षी खेलाडीले आफ्नै पोस्टमा प्रहार गर्दै उपहार दिए। बर्निमाउथका लागि जोसुआ किङले सान्त्वना गोल फर्काए।

यस्तै गएराति नै भएका अन्य खेलमा टोटनह्यामले वाटफोर्डलाई ४-०, म्यान्चेस्टर सिटीले हल सिटीलाई ३-१, लिभरपूलले स्टोक सिटीलाई २-१ तथा वेस्टह्यामले स्वान्सी सिटीलाई १-० ले पराजित गरेका छन्। मिडल्सबर्ग र बर्नलीले भने गोलरहित बराबरी खेले।

प्रतियोगितामा आइतबार सण्डरल्याण्ड र म्यान्चेस्टर युनाइटेड, एभर्टन र लेस्टर सिटी तथा क्रिस्टल प्यालेस र आर्सनल आमनेसामने हुँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.