|

धनुषा : एक बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ। बलात्कारको अभियोगमा आरोपमा जनकपुर उपमहानगरपालिका–१७ लोहनाका ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डल पक्राउ परेका हुन्। 

आमा र दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई छिमेकी दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख छ। 

आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा गएका बेला बालिका याैनशाेषणमा पर्ने गरेकी थिइन्।  पीडकहरूले कसैलाई बताए ज्यान मार्ने धम्की दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन्। छिमेकी अर्की बालिकाले घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन्। 

मेडिकल प्रमाणमा यौन दुर्व्यवहार भएको पाइए पनि घटना भएको १४ दिनपछि  उजुरी परेकाले तथ्य जुटाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। विपन्न परिवारकी पीडितका बुबा वैदेशिक रोजगारीमा गएका छन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.