विश्व

इजिप्टको चर्चमा बम बिस्फोट, २१ को मृत्यु
SHARES

Photo : Reuters
चैत २७, २०७३

    इजिप्टमा भएको बम बिस्फोटमा २१ जनाको मृत्यु भएको छ। उत्तरी इजिप्टको टाट्नामा रहेको कोप्टिक क्रिश्चियन चर्चमा आइतबारको प्राथना गरिरहेका बेला गरिएको बम बिस्फोटमा परि ५० भन्दा बढी घाइते भएको इजिप्टको सरकारी टिभीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ।

    क्रिश्चियन धर्मावलम्बीहरुको पवित्र हप्ता सुरु हुनुपूर्वको आइतबारको प्राथना गरिरहेका भक्तजन बिस्फोटको निशानामा परेका हुन्।

    सन् २०११ मा इजिप्टमा होस्नी मुबारक शासनमा आएपछि कोप्टिक चर्चहरुले भेदभाव र आक्रमणको सामना गर्नुपरेको छ। त्यसपछि भएका आक्रममा दर्जनौंको मृत्यु भएको छ। डिसेम्बर २०१६ मा कायरोस्थित कोप्टिक चर्चमा भएको आक्रमणमा २५ जनाको मृत्यु भएको थियो।

    मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनले गत मार्चमा गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ, 'कोप्टिक चर्च र घरहरु आक्रमणकारीको निशानामा छन्। कोप्टिक अल्पसंख्यकहरु भौतिक आक्रमणमा परेका छन् र उनीहरुको सम्पति लुटिएको छ।'

    ९ करोड १० लाख जनसंख्या रहेको इजिप्टमा १० प्रतिशत क्रिश्चियन धर्मावलम्बी रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]