|

चौतारा : युवा गायक आस्मान लोप्चनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। लोप्चनको नयाँ म्युजिक भिडियो ‘नक्कली गोरी’ युट्युबमा भरखरै सार्वजनिक गरिएको हो।

छोटो समययमा लोक तामाङ सेलोमा जमेका गायक लोप्चन छिट्टै अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा जुटिरहेका बताउँछन्। गायक लोप्चनको हालै सार्वजनिक भएको गीतको रचनाकारसमेत आफैँ रहेका छन्।

म्युजिक भिडियोमा लोप्चन स्वयं र सरला सापकोटाले मोडलिङ गरेका छन्।

सानैदेखि गीत संगीतको क्षेत्रमा रुचि भएका लोप्चनले आफूलाई लोक तामाङसेलोको राम्रो गायकको रूपमा परिचित गराउँदै अाएका छन्। लोप्चनले यसअघि पनि ‘आस्याङकी छोरी’ र ‘हिमालपारिको गाउँ’ लोक तामाङसेलो बजारमा ल्याइसकेका छन्।

भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.