|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले चैत २८ र २९ गते काठमाडौंमा हुने अधिवेशनका लागि सातवटा प्रदेशका संयोजक चयन गरेको छ। महासंघको संशोधित विधान अनुसार अधिवेशनमा प्रदेश समितिको पनि प्रतिनिधित्वको व्यवस्था रहेकाले सात प्रदेशबाट संयोजक चयन गरिएको हो।

जस अनुसार प्रदेश १ बाट टंक दुलाल, प्रदेश २ बाट हरिशंकर शाह हिरा, प्रदेश ३ बाट अरुणराज सुमार्गी, प्रदेश ४ बाट सञ्जीव कोइराला, प्रदेश ५ बाट गुणनीधि तिवारी, प्रदेश ६ बाट पदमबहादुर शाही र प्रदेश ७ बाट नरबहादुर चन्द चयन भएका छन्। उनीहरुलाई आआफ्नो प्रदेशमा प्रदेश समितिहरु गठन गर्ने जिम्मेवारी दिइएको प्रदेश नम्बर ३ का संयोजक सुमार्गीले जानकारी दिए।

उद्योग वाणिज्य महासंघमा पशुपति मुरारका नेतृत्वको अन्तिक कार्यसमिति बैठक आइतबार बसेको हो। बैठकमा महासंघका पूर्व अध्यक्षले यस कार्यसमितिको कार्यकाल सफल भएको भन्दै धन्यवाद दिएका थिए। उनीहरुले अधिवेशनमा उम्मेदवारी दिनेहरुलाई जितको शुभकामना दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.