|

उदयपुर :  जिल्ला अदालत उदयपुरले बलात्कारको आरोपमा दुई जना विरुद्ध सजायको फैसला गरेको छ। फरकफरक घटनाका दुई बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २ जना विरुद्ध अदालतले आइतबार भिन्नाभिन्नै कारबाहीको फैसला सुनाएको हो।

९ बर्षीया र १३ बर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लाफागाउँ गाविस४ फार्सेका ५२ वर्षीय डिगबहादुर पाठक र मैनामैनी गाबिस९ का २३ वर्षीय वोलमान राईलाई जिल्ला अदालतले आइतबार अलगअलग फैसला सुनाएको हो।

न्यायाधीश राजकुमार कोइरालाको इजालासले पाठकलाई १० वर्ष जेल र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको गर्ने फैसला सुनाएको हो भने जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले राईलाई ८ वर्ष जेल र क्षतिपुर्तिवापत १५ हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार ऋतबहादुर मगरले जानकारी दिए।

गएको साउन ७ गते बालिका बलात्कार गरेको भन्दै पाठकविरुद्ध साउन ८ गते जिल्ला प्रहरी कार्यालय र गएको पुस २० गते बालिका बलात्कार गरेको भन्दै राईविरुद्ध पुस २१ गते इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा अलगअलग जाहेरी परेको थियो। दुबैलाई बालिका बलात्कारको ठहर गर्दै अदालतले आइतबार यस्तो फैसला सुनाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.