|

‘शव आउँदा खुसी’ शीर्षकमा असोज ५ मा एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको थियो। समाचारभित्रका केही अंश यस्ता थिए– ‘आफन्तको शवले रुवाउँछ, पीडा दिन्छ तर विडम्बना, रोजगारीका क्रममा विदेशमा मृत्यु भएको व्यक्तिको शव वर्षौंपछि आउँदा खुसी हुनुपर्ने अवस्था छ।’ अगाडि लेखिएको छ– ‘चार वर्षदेखि अलपत्र शवलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले नेपाल ल्याउन पहल थालेपछि आफन्त खुसी छन्। उनीहरू मृतक हर्षबहादुरको अन्तिमपल्ट भए पनि मुख हेर्ने आशमा छन्।’ 

चार वर्षदेखि छोराको शव अरबको अस्पतालमा अलपत्र छ। उसको शव आउने खबरले आश जागेको छ। बुबा वीरबहादुर शव आए परिवार, आफन्त सबैले एकपल्ट मुख हेर्न पाउने आशमा छन्। लास आउँदा पनि खुसी हुनुपर्ने, विजय मनाउनुपर्ने विडम्बनाको यो तस्वीर कस्तो होला!

कति नेपाली विदेसिएका छन्, कसैसँग पनि यकिन हिसाब छैन। वैदेशिक रोजगार विभागको तथ्याङ्कले भन्छ– ४३ लाख ८९ हजार नेपाली विदेशी भूमिमा भासिएका छन्। आर्थिक वर्ष २०७१/०७२ मा पाँच लाखभन्दा बढी मानिस बाहिरिएका थिए। आ.व. २०६३/०६४ देखि २०७१/०७२ सम्मको आप्रवासी कामदारहरूको मौज्दात सङ्ख्या २९ लाख २५ हजार पुरुष र ७५ हजार महिला गरी ३० लाखको हाराहारी देखिन्छ। यो कानुनी बाटोबाट छिरेकाहरूको हिसाब हो। मुलुकलाई हेर्दा मलेसिया ३९, कतार २३ दशमलब ५, साउदी अरब २०, संयुक्त अरब इमिरेट्स ११ प्रतिशत देखिन्छ। रोजगारीको लागि हानिने प्रत्येक चारमध्ये तीन नेपाली कामदार अदक्ष रहेका छन्। यसमा भारत र चीनमा गएकाहरूको ज्यान जोडिएको छैन। गएकाहरूमध्ये उतै ज्यान बिसाउनेहरूको सङ्ख्या पनि निकै ठूलो देखिन्छ। 

मध्यपूर्वका राष्ट्र र मलेसियामा सन् २०१६ मा ९१२ पुरुष र ३८ जना महिला गरी ९५० को इहलीला समाप्त भएको थियो। त्यसमा साइप्रस, सिरिया, इजिप्ट, लेबनान, इजरायलमा एक–एक जना रहेका छन्। त्यसमध्ये इराकमा ५, ओमन ७, बहराइन ११, अफगानस्तान १४ दक्षिण कोरिया २०, कुवेत २५, संयुक्त अरब इमिरेट्स ६६,  कतार १७६, साउदी अरब २२९ र मलेसियामा ३९२ जना छन्। यो नेपाली सञ्चार माध्यमले विदेशस्थित नेपाली दूतावासलाई उद्धृत गरी प्रकाशित तथ्याङ्क हो। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले २००८ देखि २०१५ सम्ममा चार हजार ३२२ नेपालीको ज्यान गएको उल्लेख गरेको छ। यो तथ्य क्षतिपूर्ति र शवलाई घरसम्म पुर्‍याउन दिइएका निवेदनहरूमा आधारित छ। पराराष्ट्र मन्त्रालय पनि यस मामिलामा विचरो र अन्जान नै छ। 

कर्णालीलाई जता समायो, उतै जडिबुटी हात लाग्छ। कृषियुक्त माटोमा घर फलाउने प्रतियोगितालाई दैनिकीमा अनुवाद गरेका छौँ। नहुनु बेग्लै कुरा हो तर भएर पनि हामी कतिपयले आफूलाई तन्नममा रूपान्तरित गर्नुलाई गतिलै उपलब्धि मान्यौँ र मानेका छौँ।

अपवादको हिसाब–किताब नगर्ने हो भने विदेशिनु रहर होइन, बाध्यताको उपज हो, तर बाध्यता मात्रै पनि होइन। भौगोलिक रूपमा यति सानो अनि सोरपटार गर्दा पनि तीन करोड जनसङ्ख्या अपुग मुलुकका पुग नपुग आधा करोड सङ्ख्याका नागरिकहरू विदेशी भूमिमा हरिविजोग जिन्दगी बिताउन विवश छन्, जबकि यो मुलुकको माटो यति उर्बर छ, जसलाई हामीले चिन्न सकेनौँ। नचिनेका पराईको प्याङ्खर भूमिलाई मलिलो र उत्पादनशील बनायौँ। सक्कली श्रम त्यतातिर पोख्यौँ तर आफ्नोलाई हेला गर्‍यौँ। उता त्यही कामलाई ठूलो मान्यौँ, यता आफ्नोमा गर्न लजायौँ। इज्जत जान्छ, प्रतिष्ठामा दाग लाग्छ भन्ने मनोवृत्ति रोप्यौँ, हुकार्यौ र आज अरूकै दास बन्नुमा गौरवको अनुभूति गर्न पुगेका छौँ। 

यत्रतत्र सर्वत्र विविध सम्भावनै सम्भावनाले भरिएको अवसरलाई हुत्यायौँ। जलस्रोत टन्न छ, पर्यटकलाई हिमाल देखाउँदा डलर झर्छ। कर्णालीलाई जता समायो, उतै जडिबुटी हात लाग्छ। कृषियुक्त माटोमा घर फलाउने प्रतियोगितालाई दैनिकीमा अनुवाद गरेका छौँ। नहुनु बेग्लै कुरा हो तर भएर पनि हामी कतिपयले आफूलाई तन्नममा रूपान्तरित गर्नुलाई गतिलै उपलब्धि मान्यौँ र मानेका छौँ।

लक्ष्मी निबन्धमा महाकवि देवकोटाले भनेका प्रतिभाहरू घरभित्र शिला खोजेझैँ खोज्नुपर्ने अवस्था छ। वैदेशिक रोजगारीले एकथरीको खल्ती त गह्रौँ बनायो। देशमा कुल गार्हस्थ उत्पादनको २९ प्रतिशत हिस्सा विप्रेषणबाट भित्रिने गरेको तथ्य छ तर त्योभन्दा पनि बढी विकृति र विसङ्गति उमारेको छ। अहिले पनि विश्वलाई चकित तुल्याउने ठूलो जनशक्ति विदेशी भूमिमै अल्झिएको छ। बाहिर पाउने दिग्दारी, दुःख एवं दर्द बटुल्ने हो भने दुःखको सगरमाथा नै बन्छ। यता घरभित्रका पीडा र व्यथा पनि चानचुने छैनन्। सानो, सुखी अनि सुन्दर परिकल्पनाको परिवार पनि बिखण्डनको रोगबाट थलिएको छ।

२० देखि २५ वर्षभित्रमा विवाह अनि लगत्तै प्रायः श्रीमान विदेश हानिने अनि घर, परिवारको सुखद् कल्पना बुन्दै लामो समय उतै रहन थालेपछि सम्बन्धबिच्छेदको खेती मलको मूलाको शैलीमा फस्टाउन पुगेको छ। फर्की आउँदा कतिपयको न परिवार छ, न सम्पत्ति नै! चरम् निराशा, आक्रोश, कुण्ठा त सामान्य भए। वैदेशिक रोजगारी, शहरी जीवनशैली, एकल पारिवारिक संरचनाको बढ्दो बिस्तारलगायतका कारण जेष्ठ नागरिकको जिन्दगी पनि निरश र निस्तो बन्न पुगेको अवस्था छ। 

दक्ष, अर्धदक्ष, अदक्ष गरी ठूलो युवा जनशक्ति बाहिर हराएको छ । देश रुङ्ने जिम्मा बूढाखाडाको मात्रै बन्दै गएको छ। प्रतिभा पलायनबाट आज देशले क्षतिको भार बोक्नुपरेको छ। बेलैमा यसको उपचार खोज्न सकिएन भने भावी पुस्ताको भविष्य पनि खतरामा छ भनी चिन्तामा नडुब्ने कोही छैन। विशेषतः सरकार, राजनीतिक दलहरू चिन्ता ओकलिरहेका छन् तर तिनको काम गराइको तरिकाले भनिरहेको छ– यी निजी स्वार्थको चिन्तामा डुबेका छन्, वैदेशिक रोजगारीको मामिलालाई कसरी सल्टाउने भन्ने चिन्तनमा होइन। सिद्धान्ततः प्रश्न उठाउने ठाउँ छैन। 

नेपाल सरकारले १३औँ योजनामा नयाँ नीति आत्मसात् गर्दै सुरक्षित, संगठित, मर्यादित र भरपर्दो वैदेशिक रोजगारीमा जोड दिएको थियो। आ.व. २०७०/०७१ र आव २०७१/०७२ मा श्रम तथा रोजगार मन्त्रालयले महिला आप्रवासी कामदारहरूको सुरक्षालाई लक्षित गरी सार्वजनिक र निजी दुवै क्षेत्रमा नीतिगत प्रयत्न गरेको देखिन्छ। यसैगरी मध्यपूर्व राष्ट्र बहराइनसँग द्विपक्षीय सम्झौता र कतार र संयुक्त अरब इमिरेट्ससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यता विना गृहकार्य ११० देशमा आफ्ना नागरिकलाई लैजान वा जान स्वीकृति दिएको छ, जहाँ ठीक, बेठीक, राम्रो, नराम्रो, खराब, असलको बही खाता छैन।

कि घरभित्रै व्यवस्था गर्नु, सकिँदैन, पार लाग्दैन वा समय लाग्छ भने सोहीअनुसार गर्नु। सरकार र दलहरूलाई आफू जोगी, भलाद्मी बनेको देखाउनु पनि छ, रसरङको स्वाद पनि चाख्नु छ। बाजेले श्राद्धमा भट्याए, भण्टा खानुहुँदैन तर उनी भण्टा खाँदाखाँदै पक्राउ खाए– ‘किन बाजे यस्तो?’ जवाफ थियो– ‘अघि मैलै भनेको भण्टा किताबको हो, मैले खाएको भण्टा बारीको हो।’ यस्तै छ, सरकारी फ्रि भिसा, फ्रि टिकटको अवस्था! सरकरी कथन छ– कागजमा कुनै पनि कामदारले वैदेशिक रोजगारीको लागि बढीमा १० हजार रुपैयाँभन्दा बढीको माल तिनुपर्दैन। अनुगमनको गति द्रुत छ। 

विदेशस्थित राजदूतावास आफैँमा बिरामी छन्, थला परेका छन्। राजदूतविहीन अवस्थामा छन्। गएका पनि राजनीतिक आस्था र आर्थिक रूपमा नाफाघाटाको हिसाब–किताब गरेर बस्छन् किनकि ती राजनीतिक भागवण्डा, आर्थिक वण्डा र फरियावादबाट छानिएका हुन्छन्। कर्मचारी दरबन्दी छ तर कर्मचारी छैनन्।

सरकार पापीको बातो काड्न लागिपरेको छ– ठगीको प्रमाण भए कारवाही ठोकिन्छ। तर व्यवहारमा कन्तबिजोग देखिन्छ। यता व्यवसायीले न सुको लिएको भनी सदरको मुन्टो हल्लाउँछन्, न रकम बुझेको ठीक साँचो हो। कतै गडबड छैन। लामा हात गरेको ठहरे कानुनले ठहरेबमोजिम होस् भनी लिखित बराबरको रसिद पाइन्छ अनि कहाँबाट बाँधिन्छन् अभियुक्तहरू कानुनी दाम्लोमा? खाडी मुलुकलाई हेर्दा जुन कम्पनीलाई कामदार चाहिएको हो, उसले ल्याउने कम्पनीलाई सबै व्यवस्था गरेको हुन्छ तर कामदारको पसिना नखाई तिनको धित नै मेटिन्नँ।

विदेशस्थित राजदूतावास आफैँमा बिरामी छन्, थला परेका छन्। राजदूतविहीन अवस्थामा छन्। गएका पनि राजनीतिक आस्था र आर्थिक रूपमा नाफाघाटाको हिसाब–किताब गरेर बस्छन् किनकि ती राजनीतिक भागवण्डा, आर्थिक वण्डा र फरियावादबाट छानिएका हुन्छन्। कर्मचारी दरबन्दी छ तर कर्मचारी छैनन्। भएकामा अलिअलि छन्, त्यसमा कतिपयले जागिर मात्र खानु छ। बचेखुचेका गर्न चाहने साधन, स्रोतको अभावबाट च्यापिएका छन्। भाषा, कानुन, भौगोलिकता, राजनीति आदि पक्षको बारेमा चिन्तन गर्ने फुर्सदमा कसैमा छ्रैन। निचोडले भन्छ– कूटनीतिक सेवा आफ्ना कार्यकर्ता वा दाता जागिर खाने थलो होइन, तर त्यो भन्दा पृथक पनि छैन।

संसद्को श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै खाडी मुलुकमा रहेका कामदारहरूको तस्वीर सार्वजनिक गरेको छ। सरकारी अधिकारीहरूकै सेटिङमा नेपाली चेली खाडी मुलुकमा चार लाख रुपैयाँसम्ममा बेचिने गरेको, नेपाली कामदारहरू दोहोरो श्रम सम्झौताको मारमा परेको र त्यहाँस्थित नेपाली कूटनीतिक नियोगले कुनै पहल नगरेको आदि पक्ष छन्।

कथा जति हाले पनि व्यथा यही र यस्तै हो। जबसम्म राजनीति वातावरण सङ्लँदैन, मुलुक आर्थिक एवम् विकासको बाटोमा हिँड्दैन। कृषि व्यवसाय आधुनिकीकरण र व्यावसायीकरणमा अनुवाद गरिँदैन, औद्योगिकीकरण, त्यसको प्रवद्र्धन, आवश्यक पूर्वाधारको विकास, उद्योगमैत्री वातावरण, लगानीको अवसरले स्थान पाउँदैन, समस्या थाक्दैन, तबसम्म हामीले गाउने गीत यस्तै हुनेछन्। कामदारको पीडा घट्ने छैन, थप पीडादायी बन्न पुग्नेछ। देशको हालत त यस्तै हो। 

अतः रहरले गएकाहरूले ‘आफ्नै घर सम्झी आएँ’ भन्ने सूत्र लागू गर्ने र बाध्यतामा हानिएकालाई सराकारले फर्क, जाऊ समाऊ आफ्नै देशको पाउ भन्ने वातावरण जन्माउन सरकार र निजी क्षेत्र जम्न आवश्यक छ। स्मरणीय र सत्य तथ्य हो, आफ्नो देश बनाउन सके मात्र पराईको नजरमा हामीप्रति सम्मान जाग्छ। स्वाभिमानमाथि प्रहार हुँदैन। अन्यथा, अरूले थापेको अपमानको जालमा छिरेर यता सम्मानको कथा वाचन गर्नुको कुनै अर्थ छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.