|
फोटोःmydreamsmag.com

काठमाडौं : अनसनरत डा. गोविन्द केसीका मागमाथि छलफल गर्न व्यवस्थापिका संसदमा बिहीबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। सांसद गगन थापाले सांसदहरु धनराज गुरुङ र श्याम श्रेष्ठको समर्थनमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्। थापाले व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ८७ बमोजिम प्रस्ताव दर्ता गराएका हुन्।

डा. केसीको जीवनरक्षाका लागि संसदले अविलम्ब पहल गर्न अपरिहार्य भएको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा व्याप्त भ्रष्टाचार र बेथितिका विषय संसदसँग प्रत्यक्ष जोडिएकोले छलफल गर्न आवश्यक रहेको प्रस्तावमा उल्लेख छ। थापाले केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदनको कार्यान्वयनको अवस्था संसदसँग सम्बन्धित रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध डा. केसीको आरोप छानबिन हुनुपर्ने पनि उल्लेख गरेका छन्।

डा. केसी चिकित्सा शिक्षा सुधारका माग राखेर १२ दिनदेखि अनसनमा छन्। यसअघि सातपटकसम्म अनसन बसेका उनले यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग समेत राखेका छन्।

हेर्नुस् प्रस्ताव

सांसद थापाले सुशासन तथा अनुगमन समितिलाई पनि आफ्नो प्रस्तावबारे ध्यानाकर्षण गराएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.