|

दमक : प्रहरीको हुँ भनेर व्यवसायीमाथि ठगी गर्ने एक युवक झापाको विर्तामोडबाट पक्राउ परेका छन्। घुमुवा प्रहरी हुँ भनेर विर्तामोडका होटल व्यवसायीलाई ठगी गर्ने मेचीनगर नगरपालिका–७ का २५ वर्षीय देवराज राईलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय अनारमनी, विर्तामोडका अनुसार उनले विर्तामोडका विभिन्न पसल तथा होटलमा ‘तिमीहरुले पान नम्बर राखेका रहेनछौ, पैसा दियौ भने जेल जानुपर्दैन, होइन भने जेल जान्छौ’ भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.